Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकैलाश सिरोहियालाई पक्राउ गरिएकोमा नाडाको आपत्ति

कैलाश सिरोहियालाई पक्राउ गरिएकोमा नाडाको आपत्ति


काठमाडौँ । सञ्चार व्यवसायी कैलाश सिरोहियालाई राज्यद्वारा गरिएको धरपकडप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आपत्ति जनाएको छ । देशको कानुनविपरीत व्यक्तिगत मुद्दा भए नियमअनुसार कारबाही गर्नुपर्ने भन्दै नाडाले कसैसँग प्रतिशोध साँधेर धरपकड गर्ने कामको विरोध गरेको हो ।

नाडाले सम्मानित व्यावसायिक प्रतिष्ठानका सञ्चालकलाई उजुरीकै आधारमा धरपकड गरी हतोत्साहित गर्ने कार्यले व्यवसायीहरूको मनोबल गिर्नुका साथै व्यवसायीलाई आतंकित बनेको अवस्थाप्रति ध्यानाकर्षण गराउँदै व्यवसायीहरूको कुरा सुन्ने र भन्न दिने वातावरण बनाउनुपर्नेमा नाडाले जोड दिएको छ ।

‘देश आर्थिक मन्दीले जर्जर भएको अवस्थामा यतिबेला व्यवसायीहरुको मनोबल बढाई लाखौँ रोजगारीलाई सुनिश्चित गर्नुका साथै त्यसलाई बचाउनुपर्ने अवस्था छ । तसर्थ व्यवसायी एवं व्यावसायिक वातावरण नबिगार्ने तथा व्यवसायीको लगानीलाई सुनिश्चित गर्नुपर्ने समयमा कुनै तवरबाट हतोत्साहित नबनाइदिन हामी पुनः सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहान्छौं ।’ नाडाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x