Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएमएडब्लु वृद्धिले इलेक्ट्रिक हृयाचब्याक नामी ०१ नेपालमा ल्याउने

एमएडब्लु वृद्धिले इलेक्ट्रिक हृयाचब्याक नामी ०१ नेपालमा ल्याउने


काठमाडौं । एमएडब्लु वृद्धि डोङफेङ प्यासेन्जर भेइकलको आधिकारिक वितरक बनेको छ । एमएडब्लु वृद्धिले डोङफेङ मोटर्ससँग सम्झौता गरेसँगै कम्पनीको पहिलो राइट ह्यान्ड ड्राइभ उत्पादन नामी ०१ नेपाली बजारमा उपलब्ध गराउने जनाएको छ । यसले नेपालको ह्याचब्याक सेगमेन्टमा नयाँपन ल्याउने कम्पनीको अपेक्षा छ ।

प्रिमियम इलेक्ट्रिक ह्याचब्याक नामी ०१ मा ४०३०/१८१०/१५७० एमएम डाइमेन्सन, २६६० एमएम ह्विलबेस, १७६ एमएम ग्राउन्ड क्लियरेन्स र स्टाइलिस आर१७ ह्विल रहेको छ । यसमा भएका सेगमेन्ट फस्र्ट फ्रेमलेस डोर, फ्लस ह्यान्डल्स र सेल्फ पार्किङ क्षमतायुक्त इनोभेटिभ टेक्नोलोजी र डिजाइनले गाडीलाई अन्यभन्दा फरक देखाएको छ । पाँच व्यक्ति आरामका साथ बस्न मिल्ने नामी ०१ सात आकर्षक कलरमा उपलब्ध छ, जसमध्ये चार सिंगल कलर र तीन ड्युअल टोन कम्बिनेसनमा उपलब्ध छ । ककपिटमा पाँच इन्चको इन्स्ट्रयुमेन्ट प्यानल, टु–स्पोक मल्टी–फङ्सनल स्टेयरिङ ह्विल र १२.८ इन्चको सेन्ट्रल स्क्रिन रहेको छ, जुन मोबाइल रिमोटै कन्ट्रोल र ओभर–द–एयर अपडेटसहित उपलब्ध छ ।

४२ दशमलव तीन किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री प्याकद्वारा सुसज्जित नामी ०१ ले एनईडीसी साइकलअनुसार चार सय ३० किलोमिटरको रेन्ज दिन्छ । डीसी चार्जरको प्रयोग गरी यसलाई ३० मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

कम्प्याक्ट इलेक्ट्रिक भेइकल टेक्नोलोजी र डिजाइनमा नयाँ युगको सुरुवात गर्ने प्रतिज्ञाका साथ एमएडब्लु वृद्धिले छिट्टै नै सो गाडी नेपाली बजारमा उपलब्ध गराउने छ । नेपाली ग्राहकलाई यसको अद्वितीय प्रविधि र आकर्षक डिजाइनले मोहित पारेर ह्याचब्याक सेगमेन्टको बजारमा नयाँ स्ट्यान्डर्ड तयार गर्ने कम्पनीको अपेक्षा छ । त्यसैगरी यसले वातावरणमैत्री ड्राइभिङ अनुभव समेत उपलब्ध गराउन भूमिका खेल्नेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x