Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमुद्रण उद्योग संघ कास्कीद्वारा कामदारको निःशुल्क बीमा

मुद्रण उद्योग संघ कास्कीद्वारा कामदारको निःशुल्क बीमा


काठमाडौं । मुद्रण उद्योग संघ कास्कीले मुद्रण व्यवसायमा आबद्ध कामदारहरूको निःशुल्क बीमा गराएको छ । मुद्रण उद्योग संघ कास्कीले एक कार्यक्रमका बीच बिहीबार कारमदारहरूको बीमा गराएको हो ।

संघले लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स गण्डकीसँगको सहकार्यमा निःशुल्क बीमा परियोजना सुरु गरेको हो । सो इन्स्योरेन्स गण्डकी प्रदेशका प्रमुख शिव पौड्याल र मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष चिन्तामणि बास्तोलाले बीमा सम्झौतामा हस्ताक्षर गरेका थिए । प्रमुख पौड्यालले बीमा सम्झौतामा दुर्घटना उपचार खर्च वार्षिक २० हजार, मृत्यु भएमा एक लाख र दुर्घटना भई मृत्यु भएमा थप ५० हजार र अपांग (पूर्ण अशक्त) भएमा ५० हजारको लाभ लिन सकिने जानकारी दिए ।

उनले कार्यक्रममा बोल्दै बीमा गर्नु खर्च नभई लगानी भएको जानकारी गराएका थिए । प्रमुख पौड्यालले मानिसको मृत्यु भएपछि वा अपाङ्ग हुँदा वा बिरामी हुँदालगायत अन्य दुःखमा परिवारलाई हुन सक्ने आर्थिक समस्यालाई केही भए पनि मलम लगाउने काम बीमाले गर्ने बताए ।

मुद्रण उद्योग संघ कास्की अध्यक्ष चिन्तामणि बास्तोलाले पोखरामा एक सयभन्दा बढी छापाखाना व्यवसायीहरू भएको र करिब आठ सय जना मजदुरहरू रहेको जानकारी गराउँदै जोखिम न्यूनीकरणको लागि बीमा गरिएको जानकारी गराए । उनले हाल एक सय १५ जनाको बीमा गराइएको र छिट्टै नै सम्पूर्ण मजदुरहरूको निःशुल्क बीमा गराइने बताए । अध्यक्ष बास्तोलाका अनुसार बीमाको लागतमा ५० प्रतिशत व्यावसायिक प्रतिष्ठानले र ५० प्रतिशत रकम मुद्रण उद्योग संघ कास्कीले व्यहोर्ने गरी जीवन बीमा गरिएको बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, बीमा बजार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x