Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगथाई एयरवेजको सेवा नेपालमा पुनः सुरु

थाई एयरवेजको सेवा नेपालमा पुनः सुरु


काठमाडौं । थाइल्याण्डको ध्वजावाहक एयरलाइन्स कम्पनी थाई एयरवेजले नेपालमा आफ्नो सेवा फेरि सुरु गरेको औपचारिकरूपमा जानकारी गराएको छ । थाई एयरवेजले सन् १९६८ मा बैंककदेखि कलकत्ता हुँदै काठमाडौंसम्मको उडानमार्फत नेपालमा आफ्नो वायुसेवा सुरु गरेको थियो ।

कोभिड महामारीका कारण मार्च २०२२ मा रोकिएको सेवा पुन सुरु गरिएको कम्पनीले जनाएको छ । थाई एयरवेजले २९ अक्टोबर २०२३ मा सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसलाई नेपालको लागि जेनरल सेल्स एजेन्टको रूपमा नियुक्त गरेर आफ्नो सेवा फेरि सञ्चालन गरेको थियो । हाल थाई एयरवेजले नेपालमा एयरबस ३२० न्यारो बडी एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ । नेपालमा पुनः उडान सुचारु भएको डेढ महिनाभित्रै राम्रो प्रतिक्रिया प्राप्त गरेपछि थाई एयरवेजले १५ डिसेम्बर २०२३ मा दोस्रो दैनिक उडान सुरु गरेको थियो ।

हाल थाई एयरवेजले ६० भन्दा बढी गन्तव्यहरूमा एयरबस ३२० न्यारोबडी एयरक्राफ्ट, ७७७ एयरक्राफ्ट, ड्रिमलाइनर ७८७, र एयरबस ३५० एयरक्राफ्टहरू सञ्चालन गर्दै आएको छ । यी बीमानहरू आरामदायी सिटको लागि प्रसिद्ध छन् । थाई एयरवेजका डिरेक्टर अफ सेल्स खुन बिट किचाथोर्नले यो उडान सेवाले नेपाललाई थाइल्यान्डलगायत विश्वका ३० अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्ने बताए । सन् १९६८ मा नेपालका लागि पहिलो पटक सेवा सुरु गरेदेखि नै कम्पनीको यात्रा सांस्कृतिक र आर्थिक आदानप्रदानलाई प्रवद्र्धन गर्ने एउटा माध्यम बनेको उनको भनाइ थियो ।

हाल थाई एयरवेजसँग कुल ७३ बीमान छन् जुन औसतमा दैनिक १२ दशमलव आठ घण्टा उडान भर्छन् । थाई एयरवेजले नेपालमा आफ्नो प्रत्यक्ष सेवा पुनः सुरु गरेर दक्षिण एसियाली क्षेत्रमा आफ्नो उपस्थितिलाई अझ बलियो बनाएको जनाएको छ । यात्रुहरूको पहिलो रोजाइमा परिरहनका लागि थाई एयरवेजले यात्रुहरूको सन्तुष्टिमा केन्द्रित भएर विशेष सेवाहरू प्रवाह गर्ने गरेको छ । थाई एयरवेजका यात्रुहरूले सिट, समानलगायत आफ्नो आवश्यकताअनुसार थप सेवाहरू खरिद गर्न सक्छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x