Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङको ग्यालेक्सी एफ २२ नेपाली बजारमा

सामसङको ग्यालेक्सी एफ २२ नेपाली बजारमा


काठमाडौं । स्मार्टफोन ब्राण्ड सामसङले हालै नेपाली बजारमा ग्यालेक्सी एफ२२ स्मार्टफोन सार्वजनिक गरेको छ । फुल अन फनले भरिपूर्ण स्मार्टफोनको यस सेगमेन्टमा विभिन्न सेवाहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

नयाँ फोनमा ९० हर्ज रिफ्रेसको साथ ६.४ इन्च सुपर एमोलिड इन्फिनिटी–यू स्क्रिन रहेको छ । यो स्मार्ट फोनले डिजिटल मिडिया सभ्भे जेन जेड तथा मिलेनियल्स प्रयोगकर्ताहरुले खोज्दै आएको स्मुथ स्क्रोलिङ्गको जीवन्त अनुभव प्रदान गर्दछ  । यसबाट आफूलाई मनपरेको कन्टेन्ट अन द गोको अवस्थामा पनि कुनै रोकावटविनै सञ्चालन गर्न सकिन्छ । साथै यसमा छ सय निट्सको ब्राइटनेस मोड उपलब्ध छ । यसका अतिरिक्त यस फोनमा उपलब्ध भएको डब्ली एटमोसले उत्कृष्ट अडियोको साथ सिनेम्याटिक दृश्यावलोकनको मज्जा लिन सकिन्छ ।

यसैगरी यो फोनमा छ हजार मेगाहर्जको ब्याट्री तथा १५ वाटको यूएसबी–सी फास्ट चार्जर उपलब्ध छ । यसले २५ वाट चार्जिङ्ग सुविधालाई सपोर्ट गर्दछ । यसमा भएको शक्तिशाली ब्याट्रीले १३० घण्टा म्युजिक प्ले ब्याक, ४० घण्टा टक टाइम, २५ घण्टा भिडियो प्ले ब्याक तथा २४ घण्टा इन्टरनेट चलाउन सकिन्छ । साथै यसमा ओक्टा–कोर मिडियाटेक हेलियो जी८० प्रोसेसर रहेको छ, यसले गर्दा यस फोनले उच्चस्तरीय कार्यक्षमता प्रदर्शन गर्नसक्छ । ब्राउजिङ्ग गर्दा तथा मल्टिपल एपहरुको प्रयोग गर्दा स्मुथ, मल्टि टास्किङ्ग एवं कम ब्याट्री खपत गर्दछ ।

कम्पनीका अनुसार ग्यालेक्सी एफ२२ मा वेस्ट इन क्लास ४८ एमपी क्वाड क्यामेरा राखिएको छ, जसले आजका जेन जी तथा मिलेनियल्सहरुका आवश्यकताहरुलाई सहजै परिपूर्ति गर्न सक्छ । यसले अन द गो को अवस्थामा पनि आफ्नो अविस्मरणीय पलहरुलाई सहजै कैद गर्न सक्दछ । यसका साथै १२३ डिग्रीको ८ मेगा पिक्सल अल्ट्रा वाइडलेन्सले मानव आँखाले जस्तो देख्दछ, त्यस्तै फोटो कैद गर्ने स्वतन्त्रता प्रदान गर्दछ ।

त्यसैगरी २ मेगा पिक्सलको माइक्रो लेन्सले उत्कृष्ट क्लोज अप फोटो खिच्न सकिन्छ भने यसमा भएको २ मेगा पिक्सलको डेप्थ क्यामराले लाइभ फोकस गरी जीवन्त फोटो खिच्न सकिन्छ । त्यसैगरी १३ मेगा पिक्सलको फ्रन्ट क्यामराले ब्राइट तथा अझै राम्रो सेल्फी फोटो खिच्न सकिन्छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया