Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएक्साइडको डिलर मिट

एक्साइडको डिलर मिट


काठमाडौं । नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले हालैमात्र डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा एक्साइडका नेपालभरका सयभन्दा धेरै डिलरहरु, सिप्रदी ट्रेडिङ्ग प्रालिका प्रतिनिधिहरु र एक्साइड इन्डस्ट्रिजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा विभिन्न विधामा सर्वोत्कृष्ट डिलरहरुलाई सम्मान गरिएको थियो । सो कार्यक्रममा डिलरहरुलाई स्वागत गर्दै कम्पनीका सीईओ राजनबाबु श्रेष्ठले नेपाली बजारमा निरन्तर अग्रस्थानमा रहिरहन कम्पनी सफल हुनुको प्रमुख कारण भनेको वितरकहरुले गरेको अगाध माया र बलियो विश्वास रहेको बताए ।

देशकै नम्बर एक ब्याट्री ब्यान्ड एक्साइड मुख्यतः अटोमेटिभ, दुई पांग्रे, इन्भर्टर तथा सोलार ब्याट्रीको क्षेत्रमा काम गर्दछ । व्यवसाय सहज तथा प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि कम्पनीको नेपालभर बृहत् सेल्स तथा सर्भिस टिम रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया