Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकेबीए र प्रेसिडेन्सियल बिजनेस स्कुलबीच सहकार्य

केबीए र प्रेसिडेन्सियल बिजनेस स्कुलबीच सहकार्य


काठमाडौं । काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) र प्रेसिडेन्सियल विजनेस स्कुलवीच सहकार्य गर्ने सम्झौता भएको छ । उत्कृष्ट खेलाडी उत्पादनसँगै नेपाली ब्याडमिन्टन प्रवर्धन गर्ने लक्ष्यअनुरुप केबीएले गत वर्षदेखि काठमाडौं टिम च्याम्पियनसिप ब्याडमिन्टन आयोजना गर्न थालेको छ ।

गत वर्ष केबीएले कुमारी बैंकसँगको सहकार्यमा कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप २०२१– कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) २०७८ भव्य रुपमा आयोजना गरेका थियो । त्यसैको दोस्रो संस्करणको लागी केबीएले प्रेसिडेन्सियल बिजनेस स्कुलसँग सहकार्य गर्ने घोषणा गरेको हो । अब केबीएको ‘टाइटल स्पोन्सर’को रुपमा प्रेसिडेन्सियल बिजनेस स्कुल हुने भएको छ । अबदेखि केबीए ‘प्रेसिडेन्सियल काठमाडौं ब्याडमिन्टन एकेडेमी’को रुपमा सञ्चालन हुने बताइएको छ ।

यो सम्झौता दुई वर्षको लागि भएको हो । वार्षिक १५ लाख रुपैयाँको प्रायोजनलाई दीर्घकालीन सहकार्यको सुरुवात मानेको केबीएले जनाएको छ । प्रेसिडेन्सियल बिजनेस स्कुलले केबीएलाई वार्षिक पाँच लाख नगद र केबीएका खेलाडीलाई प्रेसिडेन्सियल कलेजमा १० लाख बराबरको ब्याचलर र मास्टर्स लेवलका कोर्स अध्ययन गर्ने सुविधा दिनेछ ।

ब्याडमिन्टनमा उत्कृष्ट खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले केबीएको स्थापना २०७७ पुस १७ गते भएको थियो । केबीएले स्थापनाको छोटो अवधिमै अन्तरस्कुल प्रतियोगितामा च्याम्पियन खेलाडी निकालेको जनाएको छ । नेपालमा ब्याडमिन्टनको विकास, प्रवर्द्धन र खेलाडी उत्पादनको निम्ति एउटा फरक र विशिष्ट खालको एकेडेमीको रुपमा स्थापित भइरहेको छ ।

राष्ट्रिय खेलकुद परिषदका मुख्य प्रशिक्षक भइसकेका उदय कुमार श्रेष्ठ (प्रमुख, प्लेयर्स डेभलप्मेन्ट डिपार्टमेन्ट), विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) का प्रमाणपत्र प्राप्त प्रशिक्षक बालकृष्ण थापा र पुरुषोत्तम ढकालले केबीएका खेलाडीहरूलाई ट्रेनिङ दिने गरेका छन् । बुल्स इन्डोर स्पोर्ट्स हल, नक्खुबाट सुरु गरिएको केबीएको प्रशिाक्षण हाल देवीनगर क्लब, बानेश्वरमा नियमित भइरहेको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया