Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबेनेलीको ‘नयाँ सफर धमाकेदार अफर’

बेनेलीको ‘नयाँ सफर धमाकेदार अफर’


काठमाडौं । बेनेली मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता केटीएम इन्टरनेशलन ट्रेडिङ प्रालिले ‘नयाँ सफर दमदार अफर’ ल्याएको छ ।

इटालीमा निर्मित विश्वभरमा बढी बिक्री हुने मोटरसाइकलले नयाँ वर्ष २०८० को अवसरमा यो अफर ल्याएको हो । यो अफर बेनेली मोटरसाइकल र स्कुटरमा लागू हुने कम्पनीले जनाएको छ । यस अफरमा ग्राहकहरुले ६० हजार रुपैयाँसम्म छुट पाउन सक्छन् । यस अफरबाट तीनवटा फाइदा लिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ३५ हजार रुपैयाँसम्मको नगद छुट, १२ हजार रुपैयाँबराबरको बेनेलीको हेल्मेट र एफवाई ०८०÷८१ को रोड ट्याक्स सहुलियत (सरकारी नियमअनुसार) तथा आकर्षक उपहारहरु पाउनेछन् । बेनेली नेपालले टीएनटी १५, टीएनटी १५० आई, १८० एस, टीआरके२५१, ३०२ एस, टीएनटी६००आई, ७२५ एस मोडलका मोटरसाइकलहरु उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया