Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द

बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द


काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म कुनै पनि उडान–अवतरण नहुने बताइएको छ । यस अवधिमा विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द रहने विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले जानकारी दिएका छन् ।

विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउने क्रममा अनलाइन यूपीएस जडान गर्ने काम जारी रहेका कारण उडान अवरुद्ध हुने भएको हो । सो समयमा उडान गर्ने यात्रुहरुले आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी व्यवस्था मिलाउन विमानस्थलले यात्रुसँग अनुरोध गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया