Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमको एफटीटीएच सेवाको माग दर्ता १९८ मार्फत गर्न सकिने

टेलिकमको एफटीटीएच सेवाको माग दर्ता १९८ मार्फत गर्न सकिने


काठमाडौं । नेपाल टेलिकमको एफटीटीएच सेवाको माग दर्ता १९८ मा कल गरेर निःशुल्करूपमा गर्न सकिने भएको छ । सोमबारदेखि एफटीटीएच सेवा प्राप्त गर्न चाहने मुलुकभरका सेवाग्राहीहरूले १९८–१ डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सकिने भएको छ ।

सेवाग्राहीहरूको मागलाई मध्यनजर गर्दै कम्पनीले यस सेवाको उपलब्धताका सम्बन्धमा निःशुल्क नम्बर १९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात् फेरी १ डायल गरी) मा डायल गरी ग्राहक सेवा केन्द्रका प्रतिनिधिमार्फत आवश्यक जानकारी प्राप्त गर्न एवं सेवाको माग दर्ता गर्न सकिने व्यवस्था मिलाएको जानकारी दिएको छ । माग दर्ता भएका स्थानहरूमा कम्पनीले यथासम्भव छिटो एफटीटीएच जडान गर्नेछ । नेटवर्क नभएका स्थानमा सम्भव भएसम्म पूर्वाधार निर्माण गरी एफटीटीएच सेवा उपलब्ध गराउने कम्पनीको भनाइ छ । एफटीटीएच सेवामा एउटै फाइबरबाट टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध रहेको छ ।

टेलिकमले अत्याधुनिक दूरसञ्चार सेवाहरू उपलब्ध गराउने क्रममा मुलुकभर एफटीटीएच सेवाको विस्तार तीव्ररूपमा गरिरहको उल्लेख गरेको छ । यसका बाबजुद अझै पनि ग्राहकको मागबमोजिम केही स्थानमा यस सेवाको पहुँच स्थापित गर्ने क्रम जारी नै रहेको कम्पनीको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया