Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलक्की ग्रुपका प्रबन्ध निर्देशक मोर परिसंघको उपाध्यक्षमा चयन

लक्की ग्रुपका प्रबन्ध निर्देशक मोर परिसंघको उपाध्यक्षमा चयन


काठमाडौं । लक्की ग्रुपका प्रबन्ध निर्देशक तथा गणपति वनस्पति लिमिटेडका अध्यक्ष अमित मोर नेपाल उद्योग परिसंघको उपाध्यक्षमा निर्वाचित भएका छन् । परिसंघको २०औँ वार्षिक साधारणसभाबाट उनी उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

निजी क्षेत्रका समस्या समाधानमा आफ्नो तर्फबाट सदैव अग्रसर रहने र परिसंघलाई नयाँ उचाइमा पु¥याउन सबै पदाधिकारीका साथ अग्रसर भूमिका निर्वाह गर्ने उनले बाचा गरेका छन् । साथै, नेपालको घिउ र तेल उत्पादन गर्ने सबैभन्दा ठूलो उद्योगलाई परिसंघले लगातार तेस्रोपटक सम्मान गरेको छ ।

साधारणसभाको उद्घाटन कार्यक्रमका बीच परिसंघले गणपति वनस्पतिलाई नेपालबाट साफ्टाअन्तर्गत निकासी हुने निर्यातयोग्य वस्तुहरू निकासी प्रवद्र्धनमा महत्वपूर्ण सहयोग उपलब्ध गराएको भनी कदर सम्मान गरेको थियो । सो सम्मान प्रधानमन्त्री पुष्पकमल दाहालले कम्पनीका अध्यक्ष मोरलाई प्रदान गरेका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया