Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति विकास बैंकको ‘सुपर स्मार्ट सेभिङ’

ज्योति विकास बैंकको ‘सुपर स्मार्ट सेभिङ’


काठमाडौं । ज्योति विकास बैंकको ‘सुपर स्मार्ट सेभिङ’ बचत योजना सार्वजनिक भएको छ । न्यूनतम मौज्दात मात्र १५ रूपैयाँमा १५ महिनासम्म १५ सुविधाहरू निःशुल्क तथा विशेष छुटसहितको निक्षेप योजना बैंकले आफ्नो १५ औँ वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको हो ।

ग्राहकको आवश्यकतालाई मध्यनजरमा राखी ग्राहकलाई अधिकतम लाभ प्रदान गराउनुका साथै आर्थिकरूपले समृद्ध बनाउने उद्देश्यका साथ ‘सुपर स्मार्ट सेभिङ’ बचत खाता सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । यस खाताले ग्राहकलाई बचतसँगै आईपीओमा लगानीको सुरुवात गर्न सहजता प्रदान गर्ने बताइएको छ । हाल बजारमा उपलब्ध बचत खातामा पाइने सुविधाभन्दा यस बचत खातामा ग्राहकले दोब्बर सुविधाको लाभ पाउनेछन् ।

यो बचत खातामा ग्राहकले न्यूनतम १५ रूपैयाँमा मौज्दातमै १५ महिनासम्म निम्न १५ सुविधाहरू निःशुल्क तथा विशेष छुटसहित पाउन सक्ने बैंकले बताएको छ । यस्तो सुविधामा सात दशमलव पाँच प्रतिशत ब्याजदर, अन्य बैंकको एटीएमबाट महिनाको दुई पटकसम्म निःशुल्क नगद निकासी, निःशुल्क मोबाइल बैंकिङ सेवा, निःशुल्क डेबिट कार्ड, मासिक ब्याज भुक्तानी, निःशुल्क डिम्याट खाता, निःशुल्क डिम्याट नवीकरण, निःशुल्क सि–आस्वा, निःशुल्क मेरोसेयर रजिस्ट्रेसन र नवीकरण, मुद्दती खाता प्रिम्याचुरिटी शुल्कमा ५० प्रतिशत छुट, वार्षिक लकर सुविधामा ५० प्रतिशत छुट तथा धितो रकममा ३० प्रतिशत छुट, निःशुल्क डलर कार्ड जारी, एफसीवाई एक्सचेन्ज छुटअन्र्तगत युएसडी, एयुडी, क्याड, जीबीपी र युरोको विदेशी मुद्रा विनिमय लेनदेनमा १५ पैसाको छुट÷प्रिमियम मुद्दती खातामा प्रिम्याचुरिटी शुल्कमा ५० प्रतिशत छुट, निःशुल्क अन–डिमान्ड खाता विवरण र डीपी सेवामा १५ प्रतिशत छुटलगायतका सुविधा रहेका छन् ।

सुपर स्मार्ट सेभिङ खाता बैंकको सम्पूर्ण १२१ शाखाहरू र अनलाइनमार्फत् पनि खोल्न सकिने छ । यो योजना बचत तथा लगानीसँगै एउटै बचत योजनाबाट अधिकतम लाभ लिन चाहने सम्पूर्ण ग्राहकका लागि उपयुक्त खाता भएको विश्वास बैंकले लिएको छ । ज्योति विकास बैंक ग्राहक केन्द्रित भई ग्राहकको आवश्यकता र मागलाई अनुशरण गर्दै नवीनतम् सुविधा ल्याई ग्राहकको बैंकसँगको कारोबारलाई थप दीर्घकालीन र प्रभावकारी बनाउन सक्रिय रहँदै आएको छ ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । संस्थागत सुशासनलाई सिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, सेयरधनी र समग्र सरोकारवालाको हकहितमा योगदान पु¥याउन ज्योति विकास बैंक सदैव प्रतिबद्ध रहेको छ । बैंकले हाल एक सय २१ वटा शाखा कार्यालय, तीनवटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया