कर्जामा सधैं पहुँचवालाकै रजगज
काठमाडौं । नेपाली बैंकिङ क्षेत्रको कर्जामा सधैँ पहुँचवाला व्यक्ति, समूह तथा कम्पनीहरूको मात्रै पहुँच पुग्नेगरेको देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरूको समग्र वित्तीय अवस्थासम्बन्धी नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार निक्षेप तथा कर्जा खाताको बीचमा देखिएको ठूलो खाडलले पनि कर्जामा पहुँचवालाको मात्रै पहुँच हुनेगरेको देखिएको हो ।
नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको पहिलो महिनाको बैंकिङ क्षेत्रको कुल निक्षेप तथा कर्जासम्बन्धी प्रतिवेदनअनुसार अहिले कुल निक्षेप खाताको संख्या पाँच करोड १७ लाख ३८ हजार ३१ छ । नेपालमा अहिले २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ फाइनान्स कम्पनी र ५७ लघुवित्त वित्तीय संस्था गरी कुल एक सय १२ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा छन् । पूर्वाधार विकास बैंक भने फरक उद्देश्यका लागि सञ्चालनमा आएको हुँदा यो सूचीमा पूर्वाधार विकास बैंकलाई समावेश गरिएको छैन । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीमा कुल पाँच करोड १७ लाख ३८ हजार ३१ निक्षेप खाता सञ्चालनमा छन् । यी सबै खातामार्फत वित्तीय प्रणालीमा कुल ५६ खर्ब ११ अर्ब ५९ करोड ६० लाख रूपैयाँ निक्षेप संकलन भएको छ ।
पाँच करोड १७ लाख ३८ हजार ३१ वटा निक्षेप खातामार्फत जम्मा भएको कुल ५६ खर्ब ११ अर्ब ५९ करोड ६० लाख रूपैयाँमध्येबाट (अनिवार्य नगद मौज्दात र जगेडा कोषमा राखेको बाहेक) कर्जाको रूपमा उपयोग गर्नको लागि भने जम्मा १८ लाख ४८ हजार सातवटा कर्जा खाता प्रयोग हुनुले पनि नेपालको बैंकिङ क्षेत्रमा पहुँचवालाकै पहुँच हुनेगरेको मान्न सकिन्छ । राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरूले १८ लाख ४८ हजार सातवटा कर्जा खातामार्फत प्रवाह गरेको कुल कर्जा रकम ४८ खर्ब ५७ अर्ब १३ करोड ४० लाख रूपैयाँ रहेको छ । वाणिज्य बैंकहरूले १५ लाख १७ हजार सात सय ४३ वटा कर्जा खातामाफर्त ४२ खर्ब ९४ अर्ब ७५ करोड ३० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महिनासम्ममा वाणिज्य बैंकहरूले कुल चार करोड ४४ लाख ४१ हजार पाँच सय आठवटा निक्षेप खातामार्फत ४९ खर्ब ३९ अर्ब ३२ करोड ८० लाख रूपैयाँ निक्षेप संकलन गरेको देखिएको छ ।
विकास बैंकहरूले भने चालू आर्थिक वर्षको पहिलो एक महिनासम्म दुई लाख ८९ हजार एक सय ७० वटा कर्जा खातामार्फत कुल चार खर्ब ६९ अर्ब ५७ करोड रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा विकास बैंकहरूले ६५ लाख तीन हजार आठ सय ९६ वटा निक्षेप खातामार्फत कुल पाँच खर्ब ६१ अर्ब ५९ करोड रूपैयाँ निक्षेप संकलन गरेका छन् ।
राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरूले असार मसान्तसम्म ४१ हजार सात सय ८७ वटा कर्जा खातामार्फत कुल ९२ अर्ब ८१ करोड रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा फाइनान्सहरूले सात लाख ९२ हजार छ सय २७ वटा निक्षेप खातामार्फत एक खर्ब १० अर्ब ६७ करोड ८० लाख रूपैयाँ निक्षेप संकलन गरेको राष्ट्र बैंकले जनाएको छ ।
धमाधम ऋण लिंदै सरकार फेरि १८ अर्ब उठाउँदै
राजस्व कम उठेर भुक्तानी दायित्व थेग्न नसक्ने भएपछि सरकारले धमाधम आन्तरिक ऋण उठाइरहेको छ । आइतबार मात्रै सरकारले १३ अर्ब १० करोड रुपैयाँको विकास ऋणपत्र बिक्रीका लागि बोलकबोल गरेको थियो । भुक्तानी दिनुपर्ने रकमको जोहो गर्न सरकारले सोमबार (आज) फेरि राष्ट्र बैंकमार्फत ट्रेजरी बिल बिक्रीमा ल्याएकोे छ ।
राष्ट्र बैंकले १८ अर्ब पाँच करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्रीमा ल्याएको हो । यो सबै पुरानो ट्रेजरी बिल नवीकरण गर्नेगरी निष्कासन गरिएको छ । अर्थात् पुरानो ऋण तिर्नका लागि ट्रेजरी बिल नवीकरण गर्न लागिएको छ ।
त्यसो त सरकारले चालू आर्थिक वर्षमा सरकारको विभिन्न खर्चको लागि कुल दुई खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउनेछ । राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म बोलकबोलको माध्यमद्वारा उक्त ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । असोज १६ गते मंगलबार जारी हुने ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले बोलकबोल पेस गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको पाँच अर्ब, ९१ दिन अवधिको सात अर्ब ७५ करोड र एक सय ८२ दिन अवधिको पाँच अर्ब ३० करोड रुपैयाँबराबरको छ । यी ट्रेजरी बिलहरु क्रमशः २०८० कात्तिक १४ गते, पुस १७ गते र चैत २० गते परिपक्व हुनेछन् ।
यसअघि अर्थात् गतसाता पनि राष्ट्र बैंकले कुल १८ अर्ब ७१ करोड २५ लाख रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरी सरकारको लागि आन्तरिक ऋणको जोहो गरिदिएको थियो । यसको लागि राष्ट्र बैंकले ९१ दिन अवधिको आठ अर्ब, एक सय ८२ दिन अवधिको १० अर्ब ११ करोड २५ लाख र तीन सय ६४ दिन अवधिको ६० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- महिलाहरुलाई दिल्लीमा बेचबिखन गरेको अभियोगमा बाँकेकी एक महिला पक्राउ
- छुट्टाछुट्टै सवारी दुर्घटनाबाट सात जनाको मृत्यु
- विभिन्न ठाउँमा चार व्यक्ति मृत अवस्थामा फेला
- अध्यादेश जारी गरेर भएपनि भूमिहीनलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्रीको प्रतिबद्धता
- विभिन्न ठाउँमा आगलागीबाट लाखौँको क्षति
- वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई लाई किन सोध्यो नेपाल नागरिक उड्डयन प्राधिकरणले सात दिने स्पष्टीकरण ?
- कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन: नेपालमाथिको अन्याय रोकिनुपर्छ
- सक्कली प्रहरीको फन्दामा नक्कली प्रहरी
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया