नेपाली क्रिकेट खेलाडीलाई २५ लाखको बीमा
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले खेलाडीहरूलाई २५ लाख रुपैयाँ बराबरको आईएमई सुरक्षा म्यादी जीवनबीमा प्रदान गर्ने भएको छ । नेपाल टी–२० विश्वकपमा छनोट हुन सफल भएको सुखद् अवसरमा टी–२० नेपाली क्रिकेट टोलीलाई आईएमई लाइफले बिमाङ्क २५ लाख रुपैयाँ बराबरको आईएमई सुरक्षा म्यादी जीवनबीमा प्रदान गर्ने भएको हो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीको मनोबल बढाउन र सम्मानस्वरूप खेलाडीलाई उक्त जीवनबीमा प्रदान गर्ने भएको कम्पनीले जनाएको हो । टी–२० विश्वकप फाइनल एसियाका टोलीमा भएका र नेपाली क्रिकेट जगत्मा महत्वपूर्ण योगदान पु-याएका सबै २० खेलाडीलाई उक्त पोलिसीबाट पुरस्कृत गर्ने घोषणा कम्पनीले विज्ञप्तिमार्फत गरेको हो । युएईविरुद्ध उत्कृष्ट प्रदर्शन गरी फाइनलमा प्रवेश गरेको नेपाली क्रिकेट टोली आगामी खेलमा ओमानसँग खेल्ने छ। राष्ट्रिय क्रिकेट टोलीलाई टी–२० विश्वकपको यात्रामा समर्थन गर्न पाउँदा उत्साहित रहेको आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले जनाएको छ । नेपाली क्रिकेट टोलीलाई टी–२० विश्वकप फाइनल एसियाको फाइनल खेलका लागि शुभकामना दिनुका साथै कम्पनीले आगामी दिनमा पनि नेपाली खेलकुद जगत्लाई समर्थन तथा प्रोत्साहन गर्न विभिन्न कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ केजी सुनसहित गोरखाका घले पक्राउ
- मिटरब्याजीले लिएको सात कठ्ठाबढी जग्गा छलफलबाट फिर्ता
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया