Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपालको पहिलो बैंक ८७औँ वर्षमा

नेपालको पहिलो बैंक ८७औँ वर्षमा


काठमाडौं । नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा बैंकको प्रधान कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा एक सय ५० जना रक्तदाताले भाग लिएको बैंकले जानकारी दिएको छ । नेपालको पहिलो बैंकलाई आधुनिक, सफल र नेतृत्वदायी बैंकको रूपमा यस अवस्थासम्म पु¥याउन साथ, सहयोग, समन्वय गर्ने सम्पूर्णमा बैंकले कृतज्ञता व्यक्त गरेको छ ।

नेपालमा बैकिङ प्रणालीको सुरुवात र विकासको हिसाबले यो बैंक आजको बैकिङ क्षेत्रमा आएको क्रान्तिको जग हो । भारतीय रुपैयाँको दबदबा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंकले खेलेको भूमिका उल्लेखनीय रहेको वित्तीय क्षेत्रका जानकारहरू बताउँछन् । विसं १९९४ साल कार्तिक ३० गते स्थापना भएको यस बैंकको उद्घाटन तत्कालीन राजा त्रिभुवनले गरेका हुन् । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा १० जना लगानीकर्ताहरूले सुरु गरेको यस बैंकको चुक्ता पुँजी आठ लाख ४२ हजार र निक्षेप १७ लाख थियो भने लगानी १९ लाख थियो । आजको दिनसम्म अनवरत विश्वासको ८७ औँ वर्षसम्म अटुटरूपमा बैकिङ सेवा प्रदान गर्न सफल नेपाल बैंक लिमिटेडको लामो गौरवमय इतिहास रहेको छ ।

बैंकले हाल ७१ जिल्लामा शाखा सन्जाल विस्तार गरी बाह्य स्रोत समेत करिब तीन हजार छ सय कर्मचारीमार्फत आधुनिक बैकिङ सेवा विस्तारमा आक्रामक ढङ्गले प्रस्तुत भएको नेपाल बैंकले दुई सय २८ शाखामार्फत कारोबार, दुई सय चार वटा एटीएम तथा ५८ वटा एक्सटेन्सन काउण्टरमार्फत देशैभर आफ्नो गतिलो उपस्थिति जनाएको छ । बैंकले आफ्ना लगानीकर्तालाई आकर्षक प्रतिफल दिन पनि सफल भएको छ । बैंकका सबै वित्तीय सूचकहरू स्वस्थ र सन्तुलित देखिन्छन् भने हरेक वर्ष ती सूचकहरूमा उल्लेख्य प्रगति भइरहेको छ । ८७ वर्षअघि आठ लाख ४२ हजार रुपैयाँबाट सुरु भएको नेपाल बैंकको चुक्ता पुँजी अहिले १४ अर्ब ६९ करोड पुगेको छ ।

विसं २०८० असार मसान्तसम्म दुई खर्ब ४४ अर्ब निक्षेप संकलन गरी एक खर्ब ८४ अर्ब कर्जा प्रदान गर्न सफल भएको बैंकको रिपोर्टमा उल्लेख छ । प्रत्येक वर्ष सञ्चालन मुनाफा बढिरहेको छ । बैंकको जगेडा कोषमा २१ अर्ब ८८ करोड रुपैयाँ रहेको छ भने पुँजी पर्याप्तता अनुपात १४ दशमलव ४९ प्रतिशत र ३६ अर्ब ५८ करोडभन्दा बढी नेटवर्थ रहेको छ । प्रशस्त अचल सम्पत्ति, निक्षेप, आधारदरको न्यूनता, स्प्रेडदर व्यवस्थापन, ब्याजदरको कम उतार÷चढाव, खराब कर्जा व्यवस्थापनलगायतका सूचकहरूमा समेत बैंक दरिलो देखिन्छ । बैंकले विगत आव २०७६÷७७ देखि आफ्ना सेयरधनीहरूलाई नियमितरूपमा बोनस सेयर तथा नगद लाभांश प्रदान गर्दै आइरहेको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया