Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकद्वारा आफ्ना सबै कर्मचारीहरूको कोरोना बीमा

सिटिजन्स बैंकद्वारा आफ्ना सबै कर्मचारीहरूको कोरोना बीमा


काठमाडौँ, जेठ १४
सिटिजन्स बैंक इन्टरनेशनलले आफ्ना सबै कर्मचारीहरूको कोरोना भाइरस (कोभिड १९) बीमा गरेको छ । कोरोनाभाइरस (कोभिड–१९) को महामारीबाट आक्रान्त बनेको अवस्थामा बैंकले आफ्ना समस्त कर्मचारीहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै कोभिड—१९ बीमा गराएको हो । बैंकमा कार्यरत स्थायी, प्रशिक्षार्थी, करार, सवारी चालक, कार्यालय सहयोगी र सुरक्षा गार्डलगायतका आउट सोर्स कर्मचारी गरी करिव एक हजार पाँच सय जनाको कोभिड—१९ बीमा नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा गरिएको बैंकले जानकारी दिएको छ । बीमापश्चात बैंकमा कार्यरत कुनै पनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोकेबमोजिमको रकम क्षतिपूर्ति बापत उपलब्ध गराउने व्यवस्था रहेको छ ।

सामाजिक दूरीको अवाधराणालाई चैत्र महिनाबाटै प्रयोगमा ल्याएको बैंकले आफ्ना कर्मचारीहरूलाई मास्क, सेनिटाइजर तथा पञ्जालगायतका सुरक्षा सामग्रीहरू उपलब्ध गराई वित्तीय सेवाहरू सावधानीपूर्वक प्रदान गरिरहेको छ । विभिन्न सावधानीका विधिहरू अवलम्बन गर्दै गर्दा पनि कुनै भवितव्य भइआएको खण्डलाई मनन गर्दै बीमा गरिएको बैंकले जानकारी दिएको छ । कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत प्रत्येक प्रदेश सरकारअन्र्तगतको कोषमा सात लाखका दरले ४९ लाख रूपैयाँ तथा विभिन्न स्थानीय निकायमा खडा गरिएको कोषमा करिब छ लाख गरी हालसम्म कुल ५५ लाखको सहयोग गरेको छ ।

विश्वका अधिकांश मुलुकहरू कोरोनाभाइरसको महामारीबाट आक्रान्त बनेको अवस्थामा यस बैंकले सावधानीपूर्वक आफ्ना आदरणीय ग्राहकहरूको वित्तीय आवश्यकताहरू चुस्त दुरुस्त, छिटोछरितो तवरले प्रदान गर्न हर सम्भव प्रयास गरिरहेको जानकारी दिएको छ । नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै बैंकल लकडाउनको अवधिमा पनि ग्राहकहरूको सुविधाका लागि अत्यावश्यक सेवाहरू जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरू उपलब्ध गराउँदै आएको छ ।

बैंकले सातै प्रदेशमा रहेका शाखाहरूमध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ सेवा दिँदै आएको छ । कोरोना भाइरस महामारीको जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पु¥याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङलगायतका विद्युतीय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । साथै बैंकको एटीएम कुनै पनि बैंकको एटीएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको जानकारी पनि बैंकले दिएको छ । बैंकले चालू आर्थिक गर्दैको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब नौ करोड १२ लाख ४५ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब छ करोड ९६ लाख दुुई हजार रूपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी आठ अर्ब ६२ करोड २१ लाख ९७ हजार रूपैयाँ रहेको बैंकले चालू आर्थिक गर्दैको तेस्रो त्रैमासिक अवधिमा ७७ अर्ब ८३ करोड ६५ लाख १३ हजार रूपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब एक करोड ४२ लाख ६८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई अर्ब २४ करोड ४८ लाख १३ हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने बैंकल ७० अर्ब ५० करोड ९० लाख ८५ हजार रूपैयाँ निक्षेप संंकलन गरी ६२ अर्ब ९१ करोड १९ लाख ७० हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई अर्ब आठ करोड ७२ लाख ४५ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ५८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x