Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया लघुवित्तको लुम्बिनी र कर्णाली प्रदेशको समीक्षा

एनआईसी एसिया लघुवित्तको लुम्बिनी र कर्णाली प्रदेशको समीक्षा


काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ र ७ गते शनिबार आइतबार लुम्बिनी र कर्णाली प्रदेशअन्तर्गतका शाखा कार्यालयहरूको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको शाखाहरूमा देखिएका समस्या, चुनौती तथा समाधानका उपायहरूका साथसाथै चालू तेस्रो त्रैमासको लागि भावी रणनीतिबारे बृहत् छलफल भएको थियो ।

संंस्थाका अनुसार यही माघ छ गते शनिबार लुम्बिनी प्रदेश (ए)को सिद्धार्थ कटेज बुटवलमा सम्पन्न कार्यक्रममा संस्थाका सञ्चालक दिपक ढकाल, लुम्बिनी प्रदेशका ओभरसाइट फिसर राकेश श्रेष्ठ, संस्थाका मानव संसाधन विभाग प्रमुख सुजन ढकालको उपस्थिति रहेको थियो भने लुम्बिनी प्रदेश (ए) मा सञ्चालक समितिको तर्फबाट अध्यक्ष सुवर्ण पौडेल, संस्थाका सञ्चालक विभोरकुमार अग्रवालका साथसाथै संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे संस्थाका प्रमुख व्यवसाय अधिकृत राजेन्द्र न्यौपाने, लुम्बिनी प्रदेश (बि) का ओभरसाइट अफिसर उद्धव नेपालको उपस्थितिमा सिद्धार्थ होटेल नेपालगञ्जमा शनिबार सम्पन्न गरिएको हो ।

कर्णाली प्रदेशमा भने माघ सात गते आइतबार उक्त कार्यक्रम सुर्खेतको सिद्धार्थ होटेलमा संस्थाका सञ्चालक समितिका अध्यक्ष सुवर्ण ढकालको प्रमुख आतिथ्यता रहेको थियो भने उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, संस्थाका प्रमुख व्यवसाय अधिकृत राजेन्द्र न्यौपानेको उपस्थितिमा सम्पन्न भएको संस्थाको भनाइ छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया