Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेसनल लाइफ इन्स्योरेन्स ३७औँ वर्षमा

नेसनल लाइफ इन्स्योरेन्स ३७औँ वर्षमा


काठमाडौँ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ३७औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३७औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाएको जनाएको छ ।

कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा विशेष रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो । सो कार्यक्रममा ५० भन्दा बढी कम्पनीका कर्मचारीहरूको सहभागिता जनाएका थिए । यस्तै, देशभरमा ५३ वटा बाल र वृद्ध आश्रमहरूमा खाना खुवाउने कार्यक्रम समेत आयोजना गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अपाङ्गता संरक्षण नेपालको सहायतामा एक सय २३ जना दृष्टिविहीन व्यक्तिहरूलाई सेतो छडी पनि वितरण गरिएको छ ।

कम्पनीले विगत वर्ष सरह चालू वर्षमा राम्रो व्यावसायिक प्रगति गरेको जनाएको छ । संस्थापक समूह र सर्वसाधारण समूहको ५५ः४५ को अनुपात रहेको यस कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट कम्पनीले सेयरधनीहरूलाई आठ प्रतिशत बोनस सेयर तथा छ दशमदव पाँच प्रतिशत नगद लाभांश र बोनस सेयरमा कर प्रयोजनका लागि थप नगद लाभांश दिएको छ । यस्तै, कम्पनीको जीवनबीमा कोषमा ७१ अर्ब रुपैयाँको हाराहारीमा रकम जम्मा भएको जनाएको छ । आर्थिक वर्ष २०७८/७९ बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी पाँच अर्ब एक करोड रुपैयाँ रहेको छ । कम्पनीले आफ्ना बीमितहरूलाई उत्कृष्ट बोनस दर प्रदान गर्दै आएको जनाएको छ ।

आव २०७८/७९ को बीमाङ्कीय मूल्याङ्कनपश्चात बीमितलाई न्यूनतम प्रतिहजार ६३ रुपैयाँदेखि अधिकतम् प्रतिहजार ८५ रुपैयाँसम्म प्रदान गरेको कम्पनीको भनाइ छ । यस्तै, कम्पनीको एक सय १७ शाखा कार्यालय संख्या र पाँच सय कर्मचारी संख्या रहेका छन् । कम्पनीमा एक लाखभन्दा बढी अभिकर्ता कार्यरत रहेको बताइएको छ । कम्पनीले स्थापनाकालदेखि २०८० साल पुस मसान्तसम्म कुल बीमाशुल्क आम्दानी एक सय दुई अर्ब ३० करोड रुपैयाँ आर्जन गरेको छ भने कुल ४५ लाख ५६ हजार बीमालेख जारी गरेको जनाएको छ । यस्तै, कुल ३७ अर्ब ४९ करोड रुपैयाँ बराबर बीमा दाबी भुक्तानी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया