Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसबैको लघुवित्तको साधारणसभा

सबैको लघुवित्तको साधारणसभा


काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौँ वार्षिक साधारणसभा शनिबार तनहुँ जिल्ला बन्दिपुर गाउँपालिका वडा नं. ५ याम्पाफाँटस्थित मर्स्याङ्दी रिभर भ्यु रिसोर्टमा सम्पन्न भएको छ । वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद जोशीको सभाध्यक्षतामा सम्पन्न सो साधारणसभामा अध्यक्ष जोशीले आव २०७९/८० को वार्षिक प्रतिवेदन पेस गरेका थिए ।

सभाले आव २०७९/८० वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणसहित सम्बन्धित अनुसूचीहरूलगायतका वित्तीय विवरणहरूसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो । यसैगरी लेखापरीक्षण समितिबाट सिफारिस भएबमोजिम श्रेष्ठ एन्ड न्यौपाने एसोसियट चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गरेको छ । त्यसैगरी विशेष प्रस्तावतर्फ सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) प्रयोजनको लागि दुवै वित्तीय संस्थाको चल अचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतको आधारमा संयुक्त मर्जर समितिको सिफारिसको आधारमा यस वित्तीय संस्थाको सञ्चालक समितिले स्वीकृत गरे बमोजिम १ः१ (साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको एक कित्ता सेयर बराबर सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको एक कित्ता सेयर) हुने गरी शेयर अनुपात कायम गरी साधना लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर गर्नका लागि स्वीकृति प्रदान गर्ने, दुवै संस्था एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) प्रयोजनको लागि तथा अन्तिम सम्झौतापत्र लगायत मर्जरसम्बन्धी अन्य सम्पूर्ण कार्यहरू गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, दुवै संस्था एक आपसमा गाभिएपश्चात गठन हुने सञ्चालक समितिमा यस लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक तोक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने, यस सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका साविक सञ्चालक समितिका पदाधिकारीहरूको कार्यकाल जतिसुकै बाँकी भए पनि गाभ्ने/गाभिने (मर्जर) कार्य सम्पन्न भई एकीकृत कारोबार गरी दुवै वित्तीय संस्थाबाट प्रतिनिधित्व रहने गरी नयाँ सञ्चालक समिति गठन भएपश्चात विद्यमान सञ्चालकहरूको बाँकी कार्यकाल स्वतः समाप्त भएको मानिने साथै नयाँ सञ्चालक समितिको कार्यकाल समेत गाभिएपछिको संस्थाको पहिलो वार्षिक साधारणसभा नभएसम्म मात्र कायम रहनेसम्बन्धी प्रस्ताव पारित गर्ने, दुवै संस्था एक आपसमा गाभिएपश्चात बन्ने लघुवित्त वित्तीय संस्थाको नेपालीमा नाम ‘सबैको साधना लघुवित्त वित्तीय संस्था लिमिटेड’ कायम गरी सो नामबाट वित्तीय कारोबार गर्नेसम्बन्धी प्रस्ताव पारित गर्ने, दुवै संस्था एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) कार्यपश्चात हुने संस्थाको नाम, ठेगाना, अधिकृत पुँजी, जारी पुँजी, चुक्ता पुँजी, सेयर संरचनालगायतमा परिवर्तन हुने भएकोले सोबमोजिम हुने गरी प्रबन्धपत्र र नियमावलीको तीन महलेमा उल्लेख भएअनुसारको आवश्यक दफाहरू तथा नियमहरू संशोधन÷परिमार्जन गर्ने तथा पारित प्रस्ताव नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रारको कार्यालयबाट स्वीकृति लिने र अभिलेख गर्ने क्रममा आवश्यक थपघट संशोधन वा परिमार्जन गर्नुपरेमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, वित्तीय संस्थाको अधिकृत पुँजी मर्जरपश्चात ४० करोड रुपैयाँबाट वृद्धि गरी ९० करोड रुपैयाँ र जारी तथा चुक्ता पुँजी ३१ करोड ८६ लाखबाट ७० करोड आठ लाख ५८ हजार तीन सय ४५ पु¥याउने, मर्जरपश्चात नेपाल राष्ट्र बैंकको स्वीकृति लिई वित्तीय संस्थाको रजिस्टर्ड (केन्द्रीय कार्यालय) चितवन जिल्लामा स्थानान्तरण गर्नको लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, भविष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्था प्राप्ति गर्ने प्रयोजनार्थ उपयुक्त लघुवित्त वित्तीय संस्थाहरूसँग प्राप्तिसम्बन्धी सम्झौतापत्र तर्जुमा गर्ने र प्राप्तिसम्बन्धी आवश्यक अन्य सम्पूर्ण प्रक्रिया सुरु गर्न÷गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, उपरोक्तबमोजिमका विशेष प्रस्तावहरूमा नियमनकारी निकायहरू नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्डलगायतबाट स्वीकृति लिने, अभिलेख गर्ने क्रममा कुनै विषयमा संशोधन एवम् परिवर्तन गर्न निर्देशन भएमा सो समेत मिलाई संशोधन एवम् परिवर्तन गर्नेलगायत अन्य सम्पूर्ण कार्य गर्न÷गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने आदि प्रस्तावहरू सर्वसम्मतिबाट पारित गरेको थियो ।

सो सभामा अध्यक्षको प्रतिवेदनमा टिप्पणी गर्दै सेयरधनीहरूले साधारणसभामा आफ्नो राय, सुझाव पेस गरेका थिए । सभामा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत केशवकुमार पौडेलले सेयरधनीहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिनुका साथै आफ्नो मन्तव्य दिएका थिए ।

सभाको सञ्चालन वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव केशवकुमार पौडेलले गरेका थिए भने स्वागत मन्तव्य वित्तीय संस्थाका नायब महाप्रबन्धक पवनकुमार श्रेष्ठले गरेका थिए । सभामा पेस भएका सम्पूर्ण प्रस्तावहरू उपस्थित सेयरधनीहरूले सर्वसम्मतिबाट पारित गरेका थिए । यस वित्तीय संस्थाका सञ्चालक प्रदीप सिग्देल (शर्मा)ले मन्तव्यसहित धन्यवाद ज्ञापन गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया