Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकको दीर्घ सेवा सम्मान कार्यक्रम

सिटिजन्स बैंकको दीर्घ सेवा सम्मान कार्यक्रम


काठमाडौं । विगत १७ वर्षअघि २०६४ साल वैशाख सात गते जम्मा ४३ जना कर्मचारीबाट विधिवत् बैंकिङ सेवा सुरु गरेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा अविरल १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीलाई दीर्घ सेवा सम्मान गरेको छ । बैंकले बिहीबार कर्मचारीको दिनको रूपमा मनाउँदै आएको छ । बैंकले १७ औँ वर्ष पूरा गरी १८ औँ वर्षमा प्रवेश गर्न थालेको उपलक्ष्यमा एक महिने वार्षिकोत्सवसम्बन्धी कार्यक्रमहरू आयोजना गरिरहेको छ । वैशाख ७ गते बैंकको वार्षिक उत्सवको दिन हो ।

बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा अविरल १० वर्ष सेवा प्रवाह गरेका ४५ जना र १५ वर्ष सेवा प्रवाह गरेका १५ जना गरी जम्मा ६० जना कर्मचारीलाई क्रमशः १० ग्राम र १५ ग्राम स्वर्णपदक तथा प्रमाणपत्रसहित ‘दीर्घ सेवा सम्मान’ प्रदान गरेका हुन् । बैंकमा हाल करिब १७ सय ८० कर्मचारीहरू कार्यरत रहेका छन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंक अहिलेको अवस्थासम्म आइपुग्नका लागि कर्मचारीको मेहनत, लगनशीलता, प्रतिबद्धता र जिम्मेवारीले महत्वपूर्ण भूमिका निर्वाह गरको बताउँदै आगामी दिनमा पनि आफ्नो तर्फबाट शतप्रतिशत योगदान दिन आग्रह गरे ।

बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ९० वटा शाखा, एक सय ५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाइबाट १७ लाख ३१ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप सात शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया