Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकको दुई दिने कार्यशाला सम्पन्न

महालक्ष्मी विकास बैंकको दुई दिने कार्यशाला सम्पन्न


काठमाडौं । महालक्ष्मी विकास बैंकले दुई दिने कार्यशाला सम्पन्न गरेको छ । बैंकले यही फागुन २६ देखि २७ गतेसम्म चितवनको सौराहामा संस्थाका उच्च व्यवस्थापन तहका पदाधिकारीहरू, विभागीय प्रमुखहरू, प्रदेश प्रमुखहरू, केन्द्रीय कार्यालयका कर्मचारीहरू र शाखा प्रबन्धकहरूको उपस्थितिमा नेतृत्व र सामूहिक एकताको विकास तथा शारीरिक स्वस्थता नामक दुई दिने कार्यशाला सम्पन्न गरेको हो ।

गोष्ठीमा हाल अर्थतन्त्रमा देखिएको मन्दी र नकारात्मकताका बीच आगामी दिनहरूमा अवलम्बन गर्नुपर्ने कार्यदिशाका सम्बन्धमा छलफल भएको र यस अवस्थामा बैंकको व्यवसाय विस्तार, ग्राहकहरूको हकहित संरक्षण र उत्कृष्ट सेवा प्रदान गर्न सबै तहका कर्मचारीहरूको सामूहिक प्रयत्न आवश्यक रहने निचोडका साथ सम्पन्न भएको थियो । साथै, यस आर्थिक वर्ष २०८०/८१ को बाँकी रहेको समयलाई अधिकतम उपयोग गरी बैंकको समग्र व्यवसाय विस्तारलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा व्यापक छलफल भएको थियो । उक्त कार्यगोष्ठी/सेमिनारमा कर्मचारीहरूको सामूहिक एकता, शारीरिक स्वस्थता, सक्षम नेतृत्व र उच्च मनोबल नै सफलताका महत्वपूर्ण आधारशीला हुन् भन्ने सम्बन्धमा व्यावहारिक अभ्यासहरू समेत गरिएको थियो ।

बैंकको हाल देशभर एक सय तीन वटा शाखा कार्यालयहरू र करिब सात लाख ग्राहकहरू रहेका छन् । साथै, २०८० पुस २८ मा सम्पन्न बैंकको २२औँ वार्षिक साधारणसभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रूपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया