Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार१३ अर्ब पाँच करोडको ट्रेजरी जारी गर्दै राष्ट्र बैंक

१३ अर्ब पाँच करोडको ट्रेजरी जारी गर्दै राष्ट्र बैंक


काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत १९ गते अर्थात् आज सोमबार पुनः १३ अर्ब पाँच करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही चैत १४ गते पनि राष्ट्र बैंकले २० अर्ब ७१ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

राष्ट्र बैंकका अनुसार जारी मिति चैत २० गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउनेछन् । बिक्री गरिने उक्त ट्रेजरीहरू क्रमशः ९१ दिन अवधिको सात अर्ब ७५ करोड र एक सय ८२ दिन अवधिको पाँच अर्ब ३० करोड रुपैयाँ बराबरको रहेको छ । जसमध्ये ९१ दिनेको २०८१ असार १९ गते र एक सय ८२ दिन अवधिको २०८१ असोज १५ गते परिपक्व हुने अवधि तोकिएको छ । राष्ट्र बैकका अनुसार आज बिक्री हुने ट्रेजरी बिलहरू सबै पुरानो नवीकरणअन्तर्गतको रहेका छन् ।

यसअघि अर्थात् गत साता पनि राष्ट्र बैंकले २८ दिन अवधिको पाँच अर्ब, ९१ दिन अवधिको १० अर्ब ११ करोड २५ लाख, एक सय ८२ दिन अवधिको ५० करोड र तीन सय ६४ दिन अवधिको पाँच अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया