Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंकद्वारा आफ्ना सम्पूर्ण कर्मचारीहरूको कोरोना बीमा

ग्लोबल आईएमई बैंकद्वारा आफ्ना सम्पूर्ण कर्मचारीहरूको कोरोना बीमा


काठमाडौं, साउन ३२
ग्लोबल आईएमई बैंक लिमिटेडले कोरोना भाइरसको बढ्दो कहरलाई मध्यनजर गर्दे आफ्ना सम्पूर्ण कर्मचारीहरूको कोरोना बीमा गराएको छ । बैंकले यस विषम र प्रतिकूल अवस्था पनि आफ्ना ग्राहकहरूलाई सेवा दिनका लागि खटिरहेका कर्मचारीहरूको सुरक्षालाई प्राथमिकता दिई स्थायी, करार, प्रशिक्षार्थी तथा परीक्षणकालमा रहेका, कार्यालय सहयोगी, सुरक्षा गार्डलगायत बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको कोभिड–१९ बीमा गराएको हो ।

बैंकले आफ्नो हरेक कर्मचारीको एक लाख रुपैयाँबराबरको बीमा गराएको छ । बीमामा उल्लिखित सम्झौताअनुसार बैंकको कर्मचारीमा कोरोना संक्रमण भई पीसीआर परीक्षणमा कोभिड–१९ पोजेटिभ देखिएको अवस्थामा बीमा कम्पनीबाट बीमादाबी रकम भुक्तानी हुने व्यवस्था मिलाएको छ । यो कोरोना बीमावाट बैंकमा कार्यरत कर्मचारीहरूको मनोबल बढ्नुका साथै कर्मचारीहरूलाई आर्थिक राहत समेत मिल्ने बैंकले विश्वास लिएको छ ।

बैंकले सुरक्षाका उपायहरू अपनाएर सेवा प्रदान गर्दै आफ्ना सम्पूर्ण कर्मचारीहरूलाई मास्क, सेनिटाइजर, पन्जा, फेस सिल्डलगायतका अत्यावश्यक सामग्रीहरूको अभाव हुन नदिई सुरक्षितरूपमा सेवा प्रदान गर्न अभिप्रेरित गरेको छ । बैंकले कोरोनाको यो महामारीबाट आफ्ना कर्मचारी वर्ग, ग्राहक वर्ग र अन्य सर्वसाधारणलाई जोखिमुक्त रहन सुझाव समेत दिँंदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x