Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारपहिलो दिन ओरालो लाग्यो सेयर बजार

पहिलो दिन ओरालो लाग्यो सेयर बजार


काठमाडौं, भदौ १
साताको पहिलो कारोबार दिन नै बजार परिसूचक ओरालो लागेको छ । यसदिन बजार परिसूचक १७ दशमलव ३३ अंकले ओरालो लागेर १३ सय ९१ दशमलव ४६ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ९८ अंकले ओरालो लागेर दुुई सय ८८ दशमलव ८६ अंकमा झरेको छ । यसदिन कुुल एक सय ८५ कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार २१ हजार छ सय नौवटा कारोबारमा ४३ लाख ७१ हजार आठ सय ५४ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब २५ करोड ९३ लाख २० हजार आठ सय ५० रुपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये ट्रेडिङ समूहको सूचक १० दशमलव ९५ अंकले उकालो लागेर आठ सय ४१ दशमलव ३४ अंकमा चढे पनि बाँकी समूहको सूचक भने ओरालो लागेका छन् । तीमध्ये पनि वाणिज्य बैंक समूहको सूचक १९ दशमलव ३६ अंकले ओरालो लागेर ११ सय ८२ दशमलव ३७ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि ३२ दशमलव २३ अंकले ओरालो लागेर १७ सय ३३ दशमलव ३१ अंकमा झरेको छ । जलविद्युत् समूहको सूचक पनि पाँच दशमलव ७९ अंकले ओरालो लागेर नौ सय ४९ दशमलव ६२ अंकमा झर्दा लघुुवित्त समूहको सूचक पनि २९ दशमलव २२ अंकले ओरालो लागेर २३ सय ४८ दशमलव ३९ अंंकमा झरेको छ ।

यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि ४९ दशमलव १८ अंकले ओरालो लागेर छ हजार छ सय तीन दशमलव ३६ अंकमा झर्दा जीवन बीमा समूहको सूचक पनि ७६ दशमलव ८७ अंकले ओरालो लागेर आठ हजार चार सय ३९ दशमलव ६९ अंकमा झरेको छ । यीबाहेक होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः नौ दशमलव ३९, तीन दशमलव चार, ५८ दशमलव ११, एक दशमलव ११ र शून्य दशमलव शून्य अंकले ओरालो लागेका छन् । यसदिन बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको स्वदेशी लघुुबित्त बित्तीय संस्थाको सेयर मूल्य नौ रुपैयाँ ९२ पैसाले बढेर छ सय ९८ रुपैयाँमा किनबेच भएको छ ।

दोस्रो स्थानमा परेको छयाङदी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ रुपैयाँ ६४ पैसाले बढेर ९१ रुपैयाँमा किनबेच भएको छ । यि बाहेक सिर्नर्जी पावर डेभलपमेन्ट कमपनी, नेपाल बैंक आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको आँखुुखोला जलविद्युत् कम्पनीको सेयर मूल्य सात रुपैयाँ ४१ पैसाले घटेर ५० रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरको मूल्य छ रुपैयाँ पाँच पैसाले घटेर तीन सय ५७ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक नेपाल इन्भेष्टमेन्ट बैंक, कामना सेवा विकास बैंक आदिको सेयर मूल्य पनि ओरालो लागेका छन् ।

यसदिन नेपाल बैंकको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त बैंकको प्रतिकित्ता दुुई सय ८५ रुपैयाँ अन्तिम मूल्यमा आठ करोड १४ लाख १९ हजार तीन सय एक रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पनीको प्रतिकित्ता पाँच सय ७५ रुपैयाँ अन्तिम मूल्यमा सात करोड ७१ लाख १० हजार पाँच सय ७७ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनएमबी बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x