Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएक दशमलव ७४ अंकले उक्लियो सेयर बजार

एक दशमलव ७४ अंकले उक्लियो सेयर बजार


काठमाडौं ।
सेयर बजार परिसूचक उकालो लागेको छ । अघिल्लो दिन झण्डै १४ अंकले ओरालो लागेको सेयर बजार परिसूचक साताको दोस्रो कारोबार दिन सोमबार भने एक दशमलव ७४ अंकले उकालो लागेर १५ सय ७८ दशमलव एक अंकमा चढेको छ । क बर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३७ अंकले उकालो लागेर तीन सय १३ दशमलव १० अंकमा चढेको छ ।

यसदिन कुल एक सय ८९ कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार ३१ हजार आठ सय ३७ पटकको कारोबारमा ६८ लाख १५ हजार सात सय १० कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब ९४ करोड ९० लाख ६० हजार एक सय ९४ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएको छ । जसमध्ये पाँचवटा समूहको सूचक ओरालो लागेका छन् भने पाँचवटा समूहको सूचक उकालो लागेका छन् ।

यसदिन वाणिज्य बैंक समूहको सूचक दुई दशमलव ३९ अंकले उकालो लागेर १२ सय ५८ दशमलव ४० अंकमा चढेकोमा बिकास बैंक समूहको सूचक पनि ७९ दशमलव १२ अंकले उकालो लागेर दुई हजार एक सय १८ दशमलव १४ अंकमा चढेको छ । होटल समूहको सूचक पनि छ दशमलव ९४ अंकले उकालो लागेर १७ सय ५५ दशमलव ३७ अंकमा पुुगेकोमा ट्रेडिङ र लघुवित्त समूहको सूचक पनि क्रमशः दुई दशमलव १६ र तीन दशमलव ९३ अंकले उकालो लागेका छन् ।

जलविद्युुत् समूहको सूचक भने यसदिन सात दशमलव १२ अंकले ओरालो लागेर १३ सय ६७ दशमलव ८२ अंकमा झरेकोमा फाइनान्स समूहको सूचक पनि ११ दशमलव ६६ अंकले ओरालो लागेर आठ सय ४९ दशमलव १५ अंकमा झरेको छ ।

यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि १२ दशमलव २१ अंकले ओरालो लागेर सात हजार सात सय ९९ दशमलव ११ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि २८ दशमलव ३७ अंकले ओरालो लागेर नौ हजार पाँच सय ३१ दशमलव ४४ अंकमा झरेको छ । यि बाहेक उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः ११ दशमलव ५२, एक दशमलव ८३ र शून्य दशमलव शून्य तीन अंकले ओरालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको मुक्तिनाथ विकास बैंकको सेयर मूल्य नौ दशमलव ८५ प्रतिशतले बढेर तीन सय ६८ रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भएको छ । दोस्रो स्थानमा परेको कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि पाँच प्रतिशतले बढेर दुई सय १० रुपैयाँमा कारोबार भएको छ ।

यीबाहेक आईसीएफसी फाइनान्स, कामना सेवा विकास बैंक आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य छ दशमलव पाँच प्रतिशतले घटेर आठ सय ५४ रुपैयाँमा कारोबार भएको छ । दोस्रो स्थानमा परेको रिडी हाइड्रोपावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य पनि पाँच दशमलव ८३ प्रतिशतले घटेर एक सय ९४ रुपैयाँमा कारोबार भएको छ । यीबाहेक सेन्ट्रल फाइनान्स, मल्टीपर्पोस फाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन मुुक्तिनाथ विकास बैंकको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त बैंकको प्रतिकित्ता तीन सय ६८ रुपैयाँ अन्तिम मूल्यमा १६ करोड ५० लाख आठ हजार आठ सय २१ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको अरुण भ्याली हाइड्रोपावर कम्पनीको पनि प्रतिकित्ता दुई सय ६० रुपैयाँ अन्तिम मूल्यमा सात करोड ७१ लाख ९२ हजार आठ सय ७९ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक कामना सेवा विकास बैंक, नेपाल पुनर्बीमा कम्पनीका आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया