Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबोर्डद्वारा धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी हाते पुस्तक सार्वजनिक

बोर्डद्वारा धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी हाते पुस्तक सार्वजनिक


काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी हाते पुस्तक, २०२० सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुुंगानाले लगानीकर्ताको लागि हाते पुस्तकको विमोचन र र विद्युतीय विवरण प्रवाह तथा प्राप्ति प्रणाली सार्वजनिक गरेका हुुन् ।

सोही अवसरमा बोर्डले विश्व लगानीकर्ता सप्ताह २०२० को तेस्रो कार्यक्रमको रूपमा बोर्डले असोज २३ गते शुक्रबार दुईवटा महत्वपूर्ण कार्य सम्पन्न गरेको जानकारी समेत दिएको छ । विशेषतः धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी आधारभूत ज्ञान हाशिल गर्न चाहने स्कुल तथा कलेजका विद्यार्धीहरू र आमलगानीकर्ताहरूलाई लक्षित गरी बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी लगानीकर्ता हाते पुस्तक, २०२० तयार गरी प्रकाशन गरेको छ ।

त्यस्तै सूचीकृत कम्पनी तथा अन्य बजार सहभागीहरूले नियमन व्यवस्थाअनुरूप बोर्डमा पेस गर्नुपर्ने वित्तीय तथा अन्य विवरणहरू विद्युतीय माध्यममार्फत पेश गर्नसक्ने प्रणाली इलेक्ट्रीक रिर्पोटिङ एण्ड रिट्राइभल सिस्टम (ईआरआरएस) समेत प्रयोगमा ल्याएको छ । बोर्डका अनुसार व्यवस्थाबाट अब बोर्डबाट इजाजतपत्र प्राप्त संस्था र निष्कासनकर्ता एंव सूचीकृत संगठित संस्थाहरूले भौतिकरूपमा विवरहरू पेस नगरी आफ्नै कार्यालयबाट विद्युतीय माध्यममार्फत आवधिक वित्तीय विवरण तथा अन्य विवरणहरू पेस गर्न सक्नेछन् ।

वित्तीय बजार, पुँजी बजार, धितोपत्र बजार, धितोपत्रको प्राथमिक निश्कासन तथा यसको प्रक्रिया, लगानी योजना तथा प्रक्रिया, सेयरधनीको अधिकार, बजार सहभागी तथा बजार सहभागीले प्रवाह गर्ने सेवा सुविधा, लगानीको मन्त्र, लगानी गर्दा ध्यान दिनुपर्ने पक्षहरू, बारम्बार सोघिने प्रश्नहरू तथा बजारसँग सम्बन्धित उपयोगी शब्दावली आदि समेटिएको धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी हाते पुस्तक, २०२० (अग्रेजी संस्करण)ले विद्यार्थी, सर्वसाधारण लगानीकर्ता तथा अन्य सरोकारवाला सबैको वित्तीय साक्षरतामा अभिवृद्धि गर्ने र यसबाट लगानीसम्बन्धी सुसूचित निर्णय लिन सहज हुने बोर्डले जनाएको छ ।

त्यस्तै नियमन व्यवस्थाअनुरूप सुचिकृत संगठित संस्थाले लगानीकर्तालाई उपलब्ध गराउनुपर्ने सूचना, जानकारी तथा विवरण लगानीकर्ताहरूले समेत प्राप्त गर्नसक्ने गरी विकास गरिएकोे ईआरआरएसको माध्यमबाट आम लगानीकर्ताले न्यून प्रयास तथा लागतमा प्राप्त गर्न सक्षम हुनेछन् । बोर्डले आगामी दिनमा क्रमशः धितोपत्र बजारसम्बन्धी अन्य गतिविधीहरू त्था प्रक्रियाहरूलाई पनि प्रविधिमैत्री बनाउँदै लैजानेछ ।

यस प्रणालीको प्रयोगबाट बजारमा सूचना प्रवाह तथा नियमको परिपालना कार्य सहज हुनुका साथै बजार सहभागीहरूको कानुन परिपालना लागतमा कमी आउने र बोर्डले लगानीकर्ताको सुसूचित हुन पाउने अधिकारलाई समेत दृष्टिगत गरी सञ्चालनमा ल्याइएको विद्युतीय विवरण प्रवाह तथा प्राप्ती प्रणाली एवं हाते पुस्तकको प्रकाशनबाट आमलगानीकर्ताहरूले धितोपत्रमा गर्ने लगानी सुसूचित हुन गई धितोपत्र बजार स्वच्छ, पारदर्शी तथा प्रतिस्पर्धी हुने अपेक्षा गरेको बोेर्डले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया