Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु इन्स्योरन्सले १० दशमलव ५३ प्रतिशत लाभांश दिने

प्रभु इन्स्योरन्सले १० दशमलव ५३ प्रतिशत लाभांश दिने


काठमाडौं ।
प्रभुु इन्स्योरेन्स कम्पनीले १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत अर्थात् १० करोड ५६ लाख २७ हजार चार सय ८४ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५३ प्रतिशतले हुन आउने ५५ लाख ५९ हजार तीन सय ४१ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको पछिल्लो पटक बसेको तीन सय ८७औँ बैठकले गरेको निर्णय नियमनकारी निकाय बीमा समितिको स्वीकृति एवं कम्पनीको आगामी २५औं वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया