Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्वावलम्बन लघुवित्तले १८ करोड ४५ लाख नाफा कमायो

स्वावलम्बन लघुवित्तले १८ करोड ४५ लाख नाफा कमायो


काठमाडौं ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १८ करोड ४५ लाख २६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा २६ करोड ४४ लाख ८७ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ७९ करोड २३ लाख ९९ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा १० अर्ब १० करोड पाँच लाख १७ हजार रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ८१ करोड ८० लाख १८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा ६३ करोड ५० लाख ३० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १६ करोड ७६ लाख १७ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव दुई प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले आठ अर्ब ५७ करोड २९ लाख ५२ हजार रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ५५ करोड ८५ लाख ७५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ६४ करोड ५२ लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम पाँच करोड ३१ लाख ६६ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ३७ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया