Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईसीएफसी फाइनान्स र सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता

आईसीएफसी फाइनान्स र सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता


काठमाडौं ।
आईसीएफसी फाइनान्स लिमिटेड तथा सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता भएको छ । फाइनान्सले आफ्ना ग्राहकहरूलाई आफ्नो डेबिट कार्ड र मोबाइल बैंकिङमार्फत सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीअन्तर्गत रहेका होटल तथा रेस्टुरेन्टहरूमा भुक्तानी गर्दा १० प्रतिशत छुट प्रदान गर्ने सम्झौता गरेको हो । सम्झौतामा आईसीएफसी फाइनान्सका तर्फबाट बजार व्यवस्थापन तथा व्यवसाय प्रमुख मेनुका सुवेदी र सिद्धार्थ ग्रुपअफ हस्पिटालिटीका बिक्री तथा बजार व्यवस्थापन निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया