Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्वस्तिक लघुवित्तको अभिमुखीकरण तालिम

स्वस्तिक लघुवित्तको अभिमुखीकरण तालिम


काठमाडौं, पुस २७
स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा प्रबन्धकहरुको एक दिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । तालिममा उपस्थित शाखा प्रबन्धकहरुलाई संस्थाका अध्यक्ष सत्य नारायण झा ले संस्थागत सुशासन कायम गरी विपन्न वर्गको उत्थानका लागि सदैव कार्य गर्न उत्प्रेरित गरे ।शाखा प्रमुखको भुमिका, कर्जा व्यवस्थापन तथा व्यवशाय अभिवृद्धि सम्बन्धि अभिमुखिकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत जीवन खनालले दिए भने लेखा व्यवस्थापन, सुचना प्रविधिका बारेमा लेखा तथा आई. टी. विभाग प्रमुख तोयानाथ पोखरेलले साथै मानव संशासन, कार्यसंचालनका बारेमा मानव संशाधन विभाग प्रमुख धिरेन्द्रलाल कर्णले दिए । लहान, सिराहामा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले न्यून आय भएका तथा विपन्न वर्गका महिलाहरुलाई आधुनिक प्रविधिका माध्यमवाट घरदैलोमा लघुवित्त सेवा पु-याउने जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया