Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसियामा डिम्याट खाता मात्र एक घण्टामा

एनआईसी एसियामा डिम्याट खाता मात्र एक घण्टामा

उपत्यकाबाहिरबाट समेत अनलाइनमार्फत निःशुल्क डिम्याट खाता खोल्न सकिने


काठमाडौं ।
एनआईसी एसिया क्यापिटल लिमिटेडमा एक घण्टामा डिम्याट खाता खोल्न सकिनेभएको छ । कम्पनीले विगत लामो समयदेखि ‘एक नेपाली, एक डिम्याट खाता’ अभियान सञ्चालन गरी डिम्याट खाताको पहुँच आम जनतामाझ पु-याउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेकोमा पछिल्लो समय यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

पछिल्लो समयमा कोरोना माहमारीको दोस्रो लहर फैलिने क्रम देखिएकोले, कोरोना संक्रमणबाट बच्न र समुदायमा फैलिन नदिन तथा उपत्यकाबाहिरबाट डिम्याट खाता खोल्न साह्रै गाह्रो भएको भन्ने जनगुनासो बारम्बार सुनिएको हुँदा एनआईसी एसिया क्यापिटल लिमिटेडले उपत्यकाबाहिरबाट अर्थात् देशको सम्पूर्ण क्षेत्रबाट अनलाइनमार्फत सहजैरूपमा निःशुल्क डिम्याट खाता खोल्न सकिने व्यवस्था मिलाइएको छ ।

क्यापिटलले ‘एनआईसी एसिया अनलाइन डिम्याट सेवा’ उपत्यकाबाहिरबाट समेत सञ्चालन गरेको उपलक्ष्यमा मिति २०७८ साल असार मसान्तसम्म अनलाइनमार्फत डिम्याट खाता खोल्ने सम्पूर्ण ग्रहाकहरूलाई डिम्याट खाता निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको जानकारी दिएको छ ।

अनलाइनमार्फत डिम्याट खाता खोल्नको लागि एनआईसी एसिया क्यापिटलको वेबसाइटमा क्लिक गरी रीतपूर्वक विवरण भरी उक्त विवरण सक्सेसफुल्ली समिसन भएको एक घण्टाभित्र डिम्याट खाता नम्बर उपलब्ध गराइने एनआईसी एसियाले जानकारी दिएको छ । साथै उक्त एक घण्टाभित्र सुविधा आइतबारदेखि बिहीबारसम्म दिनको चार बजे र शुक्रबार दिनको एक बजेसम्म उपलब्ध हुने क्यापिटलको भनाइ छ ।

हालको व्यवस्थाअनुसार डिम्याट खाता खोल्न स्वयम् व्यक्ति उपस्थित हुनुपर्ने भएको हुँदा अनलाइनमार्फत डिम्याट खाता खोल्ने ग्राहकरुले खाता सक्सेस फुल्ली समिसन भएको मितिले १५ दिनभित्र एनआईसी एसिया क्यापिटल लिमिटेड वा आफूलाई पायक पर्ने कुनै पनि नजिकको एनआईसी एसिया बैंक लिमिटेडको शाखा कार्यालयमा सक्कल नागरिकता लिई स्वयम् उपस्थित हुनुपर्नेछ ।

छिटो, छरितो तथा ग्राहकमुखी सेवा दिँदै क्रमिकरूपमा लगानीकर्तामाझ लोकप्रिय बन्दै गइरहेको एनआईसी एसिया क्यापिटल लिमिटेडले हाल म्युचुअल फण्ड, सेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, सेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्शलगायतका मर्चेन्ट बैंकिङ तथा इन्भेष्टमेन्ट बैंकिङसम्बन्धी सम्पूर्ण सेवाहरू प्रदान गर्दै आइरहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया