Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयर बजार परिसुचक २८ सय २० अंकमा

सेयर बजार परिसुचक २८ सय २० अंकमा


काठमाडौं ।
सेयर बजार परिसुचक २८ सय अंकबाट पनि उकालो लागेको छ । साताको पहिलो कारोवार दिन आईतबार नै बजार परिसुचक ३२ दसमलव ८१ अंकले उकालो लागेर २८ सय २० अंकमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दसमलव २३ अंकले उकालो लागेर पाँच सय सात दसमलव २० अंकमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २० वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट एक लाख २६ हजार एक सय २४ पटकको कारोवारमा दुई करोड ५१ लाख ६३ हजार छ सय २० कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार सात सय २८ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन १३ वटा उपसमुहको कारोवार भएकोमा निर्जिवन बीमा, होटल तथा पर्यटन र लघुबित्त समुहको सुचक ओरालो लागेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा सहितका १० वटा समुहको सुचक उकालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया