Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमानुषी लघुवित्तले तीन करोड ९३ लाख ७५ हजार रुपैयाँको साधारण सेयर निष्काशन गर्ने

मानुषी लघुवित्तले तीन करोड ९३ लाख ७५ हजार रुपैयाँको साधारण सेयर निष्काशन गर्ने


काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले तीन करोड ९३ लाख ७५ हजार रुपैयाँबराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ । संस्थाले यही साउन २७ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी तीन लाख ९३ हजार सात सय ५० कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।

बिक्री प्रबन्धक नेपाल एसबीआई क्यापिटल रहेको संस्थाको सेयर बिक्रीकार्य छिटोमा यही साउन ३१ गते र ढिलोम भदौ नौ गते बन्द हुुने छ । लगानीकर्ताहरूले न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्मको सेयर खरिद गर्नसक्ने सीमा तोकिएको संस्थाको अधिकृत पुँजी २० करोड रुपैयाँ रहेको छ । जारी पुँजी १० करोड ९३ लाख ७५ हजार तथा हाल चुक्ता पुँजी सात करोड रुपैयाँ रहेको संस्थाको साधारण सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x