Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयर बजार परिसुचक २८ सय १२ बिन्दुमा

सेयर बजार परिसुचक २८ सय १२ बिन्दुमा


काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन ४० अंकले ओरालो लागेको बजार परिसुचक साताको अन्तिम कारोवार दिन आज बिहिबार पुन ७६ दसमलव ६५ अंकले ओरालो लागेर दुई हजार आठ सय १२ दसमलव ३८ बिन्दुमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १२ दसमलव ७३ अंकले ओरालोा लागेर पाँच सय २५ दसमलव ७८ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २९ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसअनुसार एक लाख १३ हजार आठ सय सात पटकको कारोवारमा एक करोड ६४ लाख ६८ हजार पाँच सय आठ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोवार रकम नौ अर्ब तीन करोड ३९ लाख छ सय २३ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्सें) मा आज कारोवार भएका कुल उपसमुहरु मध्ये सबै उपसमुहरुको सुचक ओरालो लाग्दा सेयर बजार परिसुचक पुरै रातो भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया