Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयर बजार परिसुचक २२ सय ३१ बिन्दुमा

सेयर बजार परिसुचक २२ सय ३१ बिन्दुमा


काठमाडौं । सेयर बजार परिसचुक पुन उकालो लागेको छ । अघिल्लो दिन १५ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज बुधबार पुन १४ दशमलव ३७ अंकले उकालो लागेर २२ सय ३१ दशमलव ५७ बिन्दुमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४२ अंकले बढेर चार सय ३५ दशमलव नौं अंकमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २६ वटा कम्पनीहरुको कारोबार भएका छन् । जसअन्तर्गत २२ हजार ३१ पटकको कारोबारमा २६ लाख ९४ हजार चार सय २९ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसअन्तर्गत यसदिन कुल सेयर कारोबार रकम एक अर्ब चार करोड ४६ लाख २६ हजार नौं सय ३९ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया