Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुई हजार २० अंकमा रोकियो सेयर बजार

दुई हजार २० अंकमा रोकियो सेयर बजार


काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन १२ अंकले ओरालो लागेको सेयर बजार परिसुचक नेप्से आज ४५ दशमलव ५९ अंक्ले ओरालो लागेर दुई हजार २० दशमलव २३ बिन्दुमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव २५ अंकले ओरालो लागेर तीन सय ८९ दशमलव १२ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरुको दुई सय ३४ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन । जसबाट २८ हजार नौं सय ५९ पटकको कारोबारमा ३८ लाख ८७ हजार सात सय ४८ कित्ता सेयर खरिद बिक्री भएको छ । सोही खरिद बिक्रीप्को आधारमा आज कुल सेयर कारोबार रकम एक अर्ब ३१ करोड २८ लाख छ हजार पाँच सय ६३ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया