Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुई हजार ४८ अंकमा खुम्चियो सेयर बजार

दुई हजार ४८ अंकमा खुम्चियो सेयर बजार

१४ अंकले घट्दा ८९ करोड ४१ लाख रुपैंयाँको सेयर खरिद–बिक्री


काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन १७ दशमलव ६४ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज शुक्रबार पुन १४ दशमलव ६४ अंकले ओरालो लागेर दुई हजार ४८ दशमलव १६ बिन्दुमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ११ अंकले ओरालो लागेर तीन सय ९२ दशमलव २५ बिन्दुमा झरेको छ ।

यसदिन १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २९ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट १८ हजार छ सय १७ पटकको कारोबारमा ३० लाख ४५ हजार आठ सय ३८ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही आधारमा यसदिन कुल सेयर कारोबार रकम ८९ करोड ४१ लाख २४ हजार एक सय १४ रुपैैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन १३ वटा उपसमुहहरुको कारोबार भएका छन् । जसमध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक पुरै रातो भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया