Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार साउन १ गतेबाट

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार साउन १ गतेबाट


काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीले यही साउन १ गतेबाट एकीकृत कारोबार सञ्चालन गर्ने भएका छन् । यी दुई कम्पनीहरूले मर्जरमार्फत हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको नाउँबाट एकीकृत कारोबार गर्न लागेका हुन् ।

यी दुई कम्पनीहरूबीच गत वैशाख २३ गते मर्जरसम्बन्धी सम्झौता भएको थियो । उक्त सम्झौतापश्चात् दुवै कम्पनीहरूले यही असार दुई गते मर्जरसम्बन्धी प्रस्ताव पारित गरेका थिए । सोलगत्तै असार ८ गते बीमा समितिले दुवै कम्पनीहरूलाई मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो । मर्जरको लागि एभरेष्ट इन्स्योरेन्सको एक सय कित्ता सेयरबराबर हिमालयन जनरको ८५ कित्ता अर्थात् १००ः८५ को स्वाप रेसियो कायम गरिएको थियो ।

हाल हिमालयनको चुक्ता पुँजी एक अर्ब १७ करोड ३५ लाख र एभरेष्टको चुक्ता पुँजी एक अर्ब २५ करोड ४६ लाख रुपैयाँ रहेकोमा एकीकृत कारोबारपश्चात् बन्ने हिमालयन एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी दुई अर्ब १८ करोड १० लाख रुपैयाँको हाराहारीमा पुग्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया