Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार२६ वाणिज्य बैंक: जसले कमाए ७४ अर्ब ८० करोड १४ लाख ३३ हजार रुपैयाँ खुद मुनाफा

२६ वाणिज्य बैंक: जसले कमाए ७४ अर्ब ८० करोड १४ लाख ३३ हजार रुपैयाँ खुद मुनाफा


काठमाडौं । सञ्चालनमा रहेका २६ वाणिज्य बैंकले आर्थिक वर्ष २०७८/०७९ मा ७४ अर्ब ८० करोड १४ लाख ३३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् ।

बैंकहरुले आर्जन गरेको यो मुनाफा अघिल्लो आवको तुलनामा झण्डै २३ प्रतिशत अर्थात् १४ अर्ब पाँच करोड ७६ लाख ३१ हजार रुपैयाँले बढी हो । बैंकहरुले सार्वजनिक गरेको आव २०७८/०७९ को अन्तिम त्रैमासिकको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आवमा भने २७ वटा वाणिज्य बैंकहरुको यस्तो नाफा ६० अर्ब ७४ करोड ३८ लाख दुई हजार रुपैयाँ रहेको थियो ।

आर्थिक वर्ष २०७८/०७९ मा सबैभन्दा बढी नाफा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले कमाएको छ भने सबैभन्दा कम नाफा सेञ्चुरी कमर्सियल बैंकले कमाएको छ । यद्यपि आव २०७८/०७९ मा बढी नाफा कमाएको राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आईएमई बैंकको खुद मुनाफामा केही करोडमा मात्र फरक देखिएको छ । राष्ट्रिय वाणिज्य बैंकले पछिल्लो अवधिमा पाँँच अर्ब २१ करोड ४२ लाख ४७ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा ग्लोबल आईएमईले बैंकले पाँच अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

अघिल्लो आवम भने राष्ट्रिय वाणिज्य बैंकले तीन अर्ब ७९ करोड ५४ लाख ७७ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा ग्लोबल आईएमईले चार अर्ब १६ करोड ५१ लाख ५२ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । आव २०७८/०७९ नबिल बैंक भने खुद मुनाफा आर्जनमा तेस्रो स्थानमा परेको छ । यस अवधिमा नबिलले चार अर्ब ९७ करोड २७ लाख ५६ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा एनआईसी एसिया बैंकले चार अर्ब ५२ करोड ६४ लाख २२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

अघिल्लो आवमा यी दुई बैैंकहरुको यस्तो नाफा क्रमशः चार अर्ब ५२ करोड ७५ लाख ५३ हजर र तीन अर्ब २५ करोड ९९ लाख ३४ हजार रुपैयाँ रहेको थियो । बढी नाफा कमाउनेमा पाँचौँ स्थान ओगट्न सफल भएको नेपाल इन्भेष्टमेन्ट बैंकले भने आव २०७८/०७९ चार अर्ब आठ करोड ६३ लाख ८४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा उक्त बैंकको यस्तो नाफा तीन अर्ब ५५ करोड ८६ लाख छ हजार रुपैयाँ रहेको थियो ।

No description available.

एनएमबी, प्राइम कमर्सियल, नेपाल बैंक र सिद्धार्थ बैंकले भने आव २०७८/०७९ मा क्रमशः तीन अर्ब ७० करोड १३ लाख १७ हजार, तीन अर्ब ६८ करोड १२ लाख ३२ हजार, तीन अर्ब २६ करोड ६० लाख ८५ हजार र तीन अर्ब २१ करोड ९७ लाख ४१ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवमा भने यी बैंकहरुको यस्तो नाफा क्रमशः दुई अर्ब ७१ करोड १० लाख ७४ हजार, तीन अर्ब २६ करोड ८४ लाख, दुई अर्ब ९६ करोड १२ लाख ३० हजार र दुई अर्ब ८५ करोड ४८ लाख २३ हजार रुपैयाँ रहेको थियो ।

कुमारी, मेगा, कृषि विकास, प्रभु र एभरेष्ट बैंकले भने आव २०७८/०७९ मा क्रमशः दुई अर्ब ८३ करोड ५२ लाख ३४ हजार, दुई अर्ब ८३ करोड १८ लाख ६४ हजार, दुई अर्ब ६९ करोड ५७ हजार, दुई अर्ब ६० करोड तीन लाख ९७ हजार र दुई अर्ब ५४ करोड ६० लाख ५९ हजार रुपैयाँँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवमा यी बैंकहरुले क्रमशः एक अर्ब ९७ करोड सात लाख ३० हजार, दुई अर्ब ३२ करोड ५४ लाख २९ हजार, तीन अर्ब ५२ करोड ७५ लाख ३६ हजार, एक अर्ब ७२ करोड आठ लाख ७५ हजार र एक अर्ब ७७ करोड नौ लाख ३९ हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए ।

आर्थिक वर्ष २०७८/०७९ मा हिमालयन, सानिमा, स्ट्यान्डर्ड चार्टर्ड, सिटिजन्स र माछापुच्छे« बैंकले भने क्रमशः दुई अर्ब ४८ करोड २१ लाख ३६ हजार, दुई अर्ब २९ करोड २९ लाख नौ हजार, दुई अर्ब २६ करोड ९८ लाख ५५ हजार, दुई अर्ब २५ करोड ११ लाख ७१ हजार र दुई अर्ब १६ करोड नौ लाख रुपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवमा यी बैंकहरुको यस्तो नाफा क्रमशः दुई अर्ब ९९ करोड ८६ लाख २३ हजार, दुई अर्ब ३१ करोड ७८ लाख २१ हजार, एक अर्ब ३९ करोड ८८ लाख ३५ हजार, एक अर्ब ८० करोड ४३ लाख ४१ हजार र एक अर्ब ६० करोड ७४ लाख ७३ हजार रुपैयाँ रहेको थियो ।

सनराइज, नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी), बैंक अफ काठमाण्डू र नेपाल एसबीआई बैंकले पनि आव २०७८/०७९ मा क्रमशः दुई अर्ब १५ करोड नौ लाख ४४ हजार, दुई अर्ब दुई करोड २२ लाख २२ हजार, एक अर्ब ८१ करोड दुई लाख ७६ हजार र एक अर्ब ६३ करोड ८२ लाख ८४ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवमा यी बैंकहरुले क्रमशः एक अर्ब ४४ करोड ६५ लाख ५० हजार, एक अर्ब ३३ करोड छ लाख २५ हजार, एक अर्ब ७२ करोड ४६ लाख ४० हजार र ९६ करोड ३४ लाख ७९ हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए ।

आव २०७८/०७९ मा लक्ष्मी, सिभिल र सेञ्चुरी कमर्सियल बैंकले भने क्रमशः एक अर्ब ६० करोड ३५ लाख ७१ हजार, एक अर्ब ३८ करोड ४६ लाख ८५ हजार र एक अर्ब ३५ करोड ७२ लाख ३१ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवमा यी बैंकहरुको यस्तो नाफा एक अर्ब ५७ करोड ५७ लाख ६१ हजार, ५२ करोड ७७ लाख ८४ हजार र ६२ करोड ९३ लाख २० हजार रुपैयाँ रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया