Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया लघुवित्तको ‘प्रभावकारी फिल्ड व्यवस्थापन तालिम’

एनआईसी एसिया लघुवित्तको ‘प्रभावकारी फिल्ड व्यवस्थापन तालिम’


काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रभावकारी फिल्ड व्यस्थापन तालिम सञ्चालन गरेको छ । प्रदेशको नं १ इटहरी, सुनसरीमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको, देशको सातै प्रदेशका ७४ जिल्लाहरूमा शाखा खोली दुई सय ८७ शाखाहरूमार्फत सेवा प्रवाह गर्दै आएको संस्थाले लुम्बिनी प्रदेश (क) कार्यालयले उक्त प्रदेशअन्तर्गतका शाखामा कार्यरत सम्पूर्ण फिल्ड कर्मचारीहरूका लागि प्रभावकारी फिल्ड व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको हो । उक्त कार्यालयले चरणबद्ध रूपमा सो क्षेत्रका भुताहा, बोडगाउँ, डुमरा, हाकुई, बेथरी तथा हार्थोक आदि स्थानहरूमा उक्त तालिम सञ्चालन गरेको थियो ।

संस्थाको शाखा कार्यालयहरूमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई लघुवित्त र यसको महत्व, संस्थाले समुदायस्तरमा प्रदान गर्दै आइरहेका वित्तीय तथा गैरवित्तीय कार्यक्रमहरू, संस्थाको नीतिबमोजिम कसरी कार्यक्रम सञ्चालन तथा सेवा प्रवाह गर्ने, सरल, सुलभ र ग्राहक सदस्यमुखी सेवा प्रवाहमा जोड तथा ग्राहक सदस्यहरूलाई उनीहरूको वित्तीय कारोबार गर्नसक्ने क्षमता तथा व्यवसायको विश्लेष गरी सोहीअनुरूपको कर्जा प्रवाह गरी कसरी उनीहरूलाई आयआर्जनमुखी तथा व्यवसायमुखी बनाउने, वित्तीय सेवाका अलावा सदस्यहरूलाई प्रदान गरिने क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रमहरू साथै हाल लघुवित्तमा देखिएका समस्या तथा त्यसको समाधान कसरी गर्ने आदि विषयहरूको बारेमा उक्त क्षमता अभिवृद्धिसम्बन्धी तालिम सञ्चालन गरिएको संस्थाका लुम्बिनी प्रदेश (क) प्रमुख अमर नाथ सेढार्इंले बताए ।

संस्थाका लुम्बिनी प्रादेशिक कार्यालय (क) का प्रमुख अमर नाथ सेढाईं, उपप्रादेशिक कार्यालयका प्रमुखहरू लवसुदन सिंह तथा दिपक अधिकारी आदिले सहजीकरण गरेको उक्त तालिममा प्रदेश कार्यालयअन्तगर्तका १०३ जना फिल्ड कर्मचारीहरूको उपस्थिति रहेको थियो । यस्ता कार्यक्रम सञ्चालनबाट संस्थाद्धारा सञ्चालित वित्तीय तथा गैरवित्तीय कार्यक्रम तथा सेवाहरू सरल, सहज तथा उपलब्धिमूलक रूपमा प्रवाहमा हुनेमा संस्था विश्वस्त रहेको समेत प्रदेश प्रमुख सेढाईले बताए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया