Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्भेष्टमेन्ट मेगा बैंक ३८औँ वर्षमा प्रवेश

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ३८औँ वर्षमा प्रवेश


काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड ३८औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक देशकै अग्रणी बैंक बन्न सफल भएको बताए ।

स्थापनाको ३७ वर्षसम्म आइपुग्दा बैंकले व्यावसायिक उत्कृष्टता र ग्राहक सन्तुष्टिलाई उच्चतम स्थानमा राखी सेवा प्रवाह गरिरहेको अध्यक्ष पाँडेले बताए । गत पुसमा वित्तीय बजारका सुपरिचत बैंकहरू नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडबीच मर्जर भएको थियो । मर्जरपछि वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान हुनुका साथै नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अन्य बैंकहरूलाई समेत मर्जरका लागि प्रेरित गरेको अध्यक्ष पाँडेले बताए ।

यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योतिप्रकाश पाण्डेले वित्तीय बजारमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकको रूपमा स्थापित भएको बताए । संस्थापकहरूको सोच र भिजनका कारण देशकै विश्वासिलो र अग्रणी बैंकको रूपमा स्थापित भएकोमा गर्व लागेको बताउँदै उनले ग्राहकवर्गको चाहनाअनुसार आगामी दिनमा थप नवीनतम सेवा प्रवाह गरिने बताए । ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नारा लिएको यस बैंकले वार्षिकोत्सवका अवसरमा ग्राहकहरूलाई डेबिट कार्ड तथा मोबाइल बैंकिङ सुविधा लिँदा सीमित महिनाका लागि शुल्क नलाग्ने सुविधा ल्याएको छ ।

यो सुविधाले राष्ट्र बैंकले डिजिटल प्रविधिको उपयोगमा प्रवद्र्धन गर्ने नीतिलाई प्रोत्साहन गर्ने सीईओ श्री पाण्डेको विश्वास छ । यसैबीच, ३७औँ वार्षिकोत्सवका दिवसका अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ । रक्तदानमा बैंकका कर्मचारीहरूको सहभागिता थियो । यसैगरी, वार्षिकोत्सवका अवसरमा साना बालबालिकामा बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने उद्देश्यले वित्तीय ज्ञानमा आधारित एक बाल पुस्तक पनि सार्वजनिक गरिएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले दुई सय ९६ शाखा, दुई सय ७९ एटीएम, ५० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र एक सय नौ शाखारहित बैंकिङ काउन्टरबाट सेवा प्रदान गरिरहेको छ । उत्कृष्ट सेवा र व्यवसायका लागि सातवटा बैंक अफ दि एयर अवार्ड प्राप्त गरिसकेको बैंकले अन्तर्राष्ट्रिय युरो मनीबाट ‘बेस्ट बैंक २०१८’ र ‘बेस्ट बैंक २०२१’ का लागि युरोमनी अवार्डहरू प्राप्त गर्न सफल भएको छ । साथै, अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी (इन्फ्रा) नेपालले यस बैंकलाई ‘ए’ क्रेडिट रेटिङ गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया