Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसंसद्मा भीडन्तको सम्भावना टार

संसद्मा भीडन्तको सम्भावना टार


काठमाडौँ । संसद्को चलिरहेको अधिवेशन अन्त्य गरेर लगत्तै दल विभाजनमा सजिलो बनाउने अध्यादेश आयो । त्यसले वास्तवमा नै संसद्को सबैभन्दा ठूलो र सबैभन्दा सानो गरी दुईवटा दल विभाजित पनि ग¥यो । यो विभाजन केन्द्रमा मात्रै सीमित रहेन त्यसको लहर गाउँ एकाइसम्म नै पुग्यो । निर्वाचन आयोजगले समय नै तोकेर विभाजनलाई गाउँसम्मै पु¥याउन सूचना नै जारी ग¥यो । त्यस्तै थियो दल विभाजनसम्बन्धी अध्यादेशको व्यवस्था पनि । जब यी सबै प्रक्रिया पूरा भए त्यसपछि सरकारले लगत्तै संसद्को अधिवेशन डाक्यो ।

लदल विभाजन हुने म्याद २२ भदौसम्म थियो । २३ गतेका दिनदेखि चल्ने गरी संसद्को अधिवेशन नै डाकियो । संसद्को अधिवेशन वर्षमा दुईवटा हुन्छन् हिउँदे र वर्र्र्षे । एकै वर्षमा वर्षे अधिवेशन दुई पटक बोलाइएको यो पहिलो घटना बन्न गएको छ । पहिलो अधिवेशनले प्रधानमन्त्रीलाई विश्वासको मत दिनुबाहेक अरु केही काम गरेको थिएन अर्थात् सरकारले कामै दिएकोे थिएन करिब एक महिनाको त्यो अधिवेशन अवधिभरि नै ।

यी विवरण उल्लेख हुनुको कारण हो दोस्रो पटक पुनस्र्थापन भएपछिको संसद्को दोस्रो अधिवेशनले केही रेकर्डहरू कायम गरेको छ । यतिबेला सबैभन्दा बढी चिढिएको पक्ष हो विपक्ष । उल्लेख भएको अध्यादेशले भर्खर मात्रै सत्ताबाट ओरालिएको विपक्ष आफनो दल विभाजनको मारमा प¥यो । उसमा त्यसै पनि सत्ता छाड्नुपरेको घाउ चह¥याई नै रहेको थियो भने त्यसमाथि विभाजन थपियो । यसले के देखाउँछ भने विपक्ष यो पटक धेरै नै असहिष्णु भएर प्रकट हुने सम्भावना छ । उसको ठहर छ अधिवेशन अन्त्य गरेर दल विभाजनका लागि सजिलो बनाउनेजस्तो अध्यादेश आयो त्यो उसकै लागि थियो । त्यो पीडा संसद्मा पोखिन्छ नै ।

यो अधिवेशन नै सत्तारुढ गठबन्धन र प्रतिपक्षी दलकाबीच उच्चतहको तिक्तता बढेको बेला सरकारको सिफारिसमा राष्ट्रपतिबाट आह्वान भएको छ । गएको ३२ साउनमा संसद् अधिवेशन अन्त्य भएको थियो । त्यसको २३औँ दिन यो अधिवेशन बस्दै छ । यी २३ वटा दिनमा रेकर्डमा नै रहने गरी कामहरू भए । त्यहीभित्रको हो दल विभाजनसम्बन्धी अध्यादेश पनि । मध्यराति संसद्को अधिवेशन अन्त्य भयो, भोलिपल्ट सखारै अध्यादेश सिफारिस भयो र पर्सीपल्ट अर्थात् अध्यादेश स्वीकृत भएकै दिन विपक्षी दल विभाजनमा गयो । यसले विपक्षीको सत्तापक्षमाथिको आरोपलाई केही हदसम्म पुष्टि पनि गरेको छ जसले विपक्षबाट प्रतिक्रिया व्यक्त हुँदा पनि वातावरण तनावयुक्त हुन सक्छ । यसलाई टार्न जरुरी छ ।


क्याटेगोरी : सम्पादकीय


तपाईको प्रतिक्रिया