भारत र श्रीलंकाबीच ४० वर्षपछि डुंगा सेवा सञ्चालन
भारत । भारत र श्रीलंकाले ४० वर्षपछि डुंगा सेवा पुनः सञ्चालन गरेका छन् । भारतको तमिलनाडु राज्यको पूर्वी तटमा रहेको नागापट्टिनम र श्रीलंकाको उत्तरी प्रान्तको जाफना नजिकै कान्केसानथुराईबीच शनिबारदेखि यो सेवा सुरु गरिएको हो ।
भारतका बन्दरगाह, पानीजहाज तथा जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले नागापट्टिनम बन्दरगाहमा सेवा सञ्चालन खुला भएको संकेतस्वरूप डुंगालाई हरियो झण्डा देखाएर यात्रीलाई स्वागत गरेका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमबाट उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्रीलंकाका राष्ट्रपति, सरकार र त्यहाँका जनतालाई नौका सेवाको सफल शुभारम्भका लागि धन्यवाद दिए । उनले भारतको रामेश्वरम र श्रीलंकाको तलैमन्नारबीच नौका सेवा पुनः सञ्चालन गर्ने दिशामा काम गर्नेबारे पनि चर्चा गरे ।
सिपिङ कर्पाेरेसन अफ इन्डियाले सञ्चालन गरेको उच्च गतिको डुंगाको क्षमता एक सय ५० यात्रु बोक्न सक्ने रहेको छ । नागपट्टिनम र कान्केसानथुराईबीचको करिब ६० नटिकल माइल (११० किलोमिटर) को दूरी समुद्रको अवस्थाअनुसार करिब साढे तीन घण्टामा पूरा हुने अधिकारीहरूले बताएका छन् । ५० यात्रु लिएर श्रीलंकाका लागि छुटेको ‘चेरियापानी’ जहाज साँझपख श्रीलंकाबाट यात्रु लिएर भारत फर्कनेछ । रासस/सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
- भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए: अध्यक्ष ओली
- पोखरामा दुई दिन ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
- केन्द्रीय कारागार सुन्धारामा दुई सय ६१ विदेशी कैदीबन्दी
- भ्रष्टाचार मुद्दाका पाँच जना फरार व्यक्ति पक्राउ
- आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ
- रमेश कर्प र बोनजोय ट्राभलबीच सम्झौता
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया