हमासको आक्रमणमा सयभन्दा बढी विदेशीको मृत्यु
पेरिस । हमासले गतहप्ता इजरायलमाथि गरेको आक्रमणमा हताहत भएका वा बन्धक बनाइएका मध्ये सबैभन्दा बढी विदेशी अमेरिकी नागरिहरू रहेका छन् ।
एएफपीले सम्बन्धित देशका राजदूतावास र विदेश मन्त्रालयद्वारा सार्वजनिक तथ्यांकअनुसार इजरायलमा कट्टरपन्थी इस्लामिक समूह हमासको आक्रमणमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार तीन सय र यसमध्ये सबैभन्दा बढी इजरायली रहेका छन् । मृतकमध्ये एक सयभन्दा बढी विदेशी नागरिक रहेको पुष्टि भएको हो ।
गाजा पट्टीका स्वास्थ्य अधिकारीहरूले इजरायली आक्रमणमा परी कम्तीमा दुई हजार दुई सय १५ जनाको मृत्यु भएको छ । शनिबारसम्मको अपडेटअनुसार आक्रमणमा एक हजार दुई सयभन्दा बढी इजरायली नागरिकको मृत्यु भएको इजरायल सरकारले पुष्टि गरेको छ ।
आक्रमणमा परी कम्तीमा २७ जना अमेरिकी नागरिकको मृत्यु भएको अमेरिकी अधिकारीहरूले बताएका छन् । अधिकारीका अनुसार अनिर्दिष्ट संख्या तर एक दर्जनभन्दा बढी अमेरिकीहरू अपहरणमा परेको बताइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार हमास आक्रमणपछि हराइरहेका १४ जना अमेरिकीका परिवारसँग कुराकानी गरेका छन् ।
त्यस्तै, थाइल्याण्डका प्रधानमन्त्री श्रेता थाभिसिनले २४ जना थाई नागरिकको मृत्यु भएको जानकारी दिएका छन् । अन्य १६ जना घाइते भएको र १६ जना अपहरणमा परेको बताइएको छ । इजरायलमा करिब ३० हजार थाई नागरिक छन् ।
फ्रान्सका विदेशमन्त्री क्याथरिन कोलोन्नाले हमासको आक्रमणबाट १५ जना फ्रान्सेली नागरिकको मृत्यु भएको जानकारी दिए । तेल अभिवस्थित नेपाली राजदूतावासका अनुसार किब्बुट्ज अलुमिममा १० जना नेपालीको मृत्यु भएको छ । हमास विद्रोहीले एक जनालाई बन्धक बनाएर लगेको छ ।
आक्रमणमा सात अर्जेन्टिनी नागरिकको मृत्यु भएको छ भने १५ जना सम्पर्कमा छैनन् । युक्रेनका सात नागरिकको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन र नौ जना हराइरहेका छन् । तेल अभिवस्थित रुसी दूतावासका अनुसार कम्तीमा चार जना रुसी–इजरायली नागरिकको मृत्यु भएको छ । बेलायतका दुई जना नागरिकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चिलीको एक महिला, तीन जना इजरायली–अस्ट्रियाली नागरिक, बेलारूस, क्यानडा, चीन, फिलिपिन्स र ब्राजिल हरेक देशबाट तीन÷तीन जनाको मृत्यु भएको छ । आक्रमणमा परी पेरूका दुई जना, रोमानियाका एक, दक्षिण अफ्रिककाको दुई अष्ट्रेलियाको दुई, अजरबैजान, कम्बोडिया, पोर्चुगल, आयरल्याण्ड, होन्डुरस, स्पेन, चिलीका एक एक व्यक्तिको मृत्यु भएको छ । आक्रमणमा परी ज्यान गुमाउनेमा श्रीलंका दुई, टर्कीका एक, कोलम्बियाका एक, मेक्सीकोका दुई, इटालीका तीन, पराग्वेका दुई र तान्जिानियाका दुई नागरिक रहेको पुष्टि भएको छ । रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया