Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोना भ्याक्सिनका लागि अमेरिकाले दुई कम्पनीलाई २ अर्ब डलर दिने

कोरोना भ्याक्सिनका लागि अमेरिकाले दुई कम्पनीलाई २ अर्ब डलर दिने


वासिड.टन, साउन ८
संयुक्त राज्य अमेरिकाले कोभिड–१९ भ्याक्सिन (सुई)का लागि दुई कम्पनीलाई करिब २ अर्ब अमेरिकी डलर प्रदान गर्ने भएको छ । अन्तर्राष्ट्रिय मिडियाहरुका अनुसार अमेरिकी सरकारले पीफाइजर र बायोएनटेक कम्पनीलाई १ अर्ब ९५ करोड अमेरिकी डलर प्रदान गर्ने भएको हो । अमेरिकाले १० करोड डोजको भ्याक्सिनका लागि उक्त रकम खर्च गर्न लागेको हो ।

दुई कम्पनीले सफल भ्याक्सिन बनाए उक्त रकम पाउनेछन् । उक्त रकम पाउन भ्याक्सिनले काम गरेको प्रमाणित हुनुपर्ने पीफाइजरले बताएको छ । यो सम्झौतासँगै थप ५० करोड डोज भ्याक्सिन रिकाले १० करोड डोजको भ्याक्सिनका लागि उक्त रकम खर्च गर्न लागेको हो । दुई कम्पनीले सफल भ्याक्सिन बनाए उक्त रकम पाउनेछन् । उक्त रकम पाउन भ्याक्सिनले काम गरेको प्रमाणित हुनुपर्ने पीफाइजरले बताएको छ । यो सम्झौतासँगै थप ५० करोड डोज भ्याक्सिन पाउने बाटो अमेरिकाका लागि खुल्ला भएको अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभाग र रक्षा विभागले जनाएका छन् ।

स्वास्थ्य विभागले उक्त भ्याक्सिन अमेरिकीका लागि निःशुल्क उपलब्ध हुने स्पष्ट पारेको छ । तर उनीहरुको स्वास्थ्य बीमा भने सशुल्क हुनेछ । दुवै कम्पनीले अहिले भ्याक्सिनको क्लिनिकल ट्रायल परीक्षण गरिरहेका छन् । जहाँ दुईवटा सुई आवश्यक पर्नेछ । यसको मतलब १० करोड डोजले ५ करोड अमेरिकीलाई पुग्नेछ । सम्भावित भ्याक्सिन विकासका लागि ट्रम्प प्रशासनले अर्बौँ डलर खर्च गर्ने प्रतिबद्धता जनाउँदै आएको छ ।

भ्याक्सिन पत्ता लगाउन स्वास्थ्य र रक्षा विभागले संयुक्त रुपमा अपरेसन वार्प स्पिड सञ्चालन गरिरहेका छन् । विश्वभर अहिले १ सय ५० भन्दा बढी भ्याक्सिन विकासको चरणमा छन् । त्यसमध्ये पनि दुई दर्जन भ्याक्सिनको मानवमा परीक्षण भइरहेका छन् । अमेरिकी सरकारले अहिले धेरै भ्याक्सिन बनाउन लागिपरेका औषधि कम्पनीसँग सम्झौताहरु गरिरहेको छ । तीमध्ये पीफाइजर र बायोएनटेक पनि मुख्य कम्पनी हुन् । यी कम्पनीले ठूलो स्केलमा परीक्षणलाई तीव्रता दिइरहेका छन् । प्रारम्भिक चरणमा यी भ्याक्सिनले सफलताको संकेत गरेको बताइएको छ ।

इदि अमेरिकाको खाद्य तथा औषधि प्रशासनले आकस्मिक प्रयोगको अनुमति दिए पीफाइजरले तेस्रो चरणको सुरक्षित क्लिनिकल ट्रायलपछि केही डोज उपलब्ध गराउने बताइसकेको छ । अहिले भइरहेका अनुसन्धान सफल भए चाँडोमा अक्टोबरभित्रै नियामक निकायसँग अनुमति माग्ने कम्पनीहरुले बताएका छन् । सन् २०२० को अन्त्यसम्ममा विश्वव्यापी रुपमा १० करोडभन्दा बढी भ्याक्सिन उत्पादन गर्ने पीफाइजर र बायोएनटेकले आशा गरेका छन् । त्यस्तै सन् २०२१ को अन्त्यसम्ममा १ अर्ब ३० करोडभन्दा धेरै डोज उत्पादन गर्ने ती कम्पनीको लक्ष्य छ । सम्झौतापछि पीफाइजरको सेयर ४ प्रतिशतले बढेको छ भने अमेरिकामा सूचीकृत बायोएनटेकको सेयर ६ प्रतिशतले बढेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x