Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअर्को वर्ष व्यवसाय लयमा फर्किने जोनसन हिताचीको अनुमान

अर्को वर्ष व्यवसाय लयमा फर्किने जोनसन हिताचीको अनुमान


ज्युरिच, भदौ १
एयर कन्डिसनर निर्माण गर्ने कम्पनी जोनसन कन्ट्रोल हिताची एयर कन्डिसनिङ इन्डियाको यस वर्ष कोरोनाको कारण व्यवसाय प्रभावित भए पनि अर्को वर्ष भने पुनः लयमा फर्किने विश्वास गरिएको छ । कम्पनीका अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय मिडियाले जनाएअनुसार जुनसम्मको त्रैमासिक अवधिमा कम्पनीको बिक्री ७० प्रतिशतले घटेको छ ।

कम्पनीका प्रमुख तथा प्रबन्धनिर्देशक गुरमीत सिंहले अर्को वर्ष कम्पनीले मेक इन इन्डियालाई बढावा दिने प्रयास गर्नेछ । त्यस्तै आगामी तीन वर्षमा कम्पनीले आयात आधामा झार्ने र निर्यात तीन गुणा बढाउने लक्ष्य लिएको उनले बताए । कम्पनी आफ्नो व्यवसायलाई लयमा फर्काउन समय लागे पनि अर्को वर्ष कम्पनी सन् २०१९ कै अवस्थामा फर्किने उनले बताए । उक्त कम्पनीले भारतमा आवासीय एयर कन्डिसनर, व्यापारिक एयर कन्डिसनर र घरेलु उपकरणको कारोबार गर्दै आएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x