Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकीर्तिमानी घाटामा रोल्स रोयस

कीर्तिमानी घाटामा रोल्स रोयस


अमेरिका, भदौ १२
जेट इन्जिन निर्माता इन्जिनियरिङ कम्पनी रोल्स रोयसले कोरोना भाइरसले पिरोलेको वर्ष कीर्तिमानी घाटा व्यहोरेको जनाएको छ । कम्पनीले यो वर्षको आधा समयावधिमा करअघिको घाटा ५ अर्ब ४० करोड पाउन्ड पुगेको जनाएको हो ।

कम्पनीका प्रमुख कार्यकारी वारेन इस्टले सन् २०१९ को अन्त्यतिर कम्पनीले व्यहोरेको घाटा पूर्ति आगामी पाँच वर्षसम्म पनि नहुने बताए । बुधबार कम्पनीले नटिंघम शायर र लंकाशायरमा कारखाना बन्द गर्ने जनाएको थियो । उसले बेलायतमा मात्रै ३ हजार रोजगारी कटौती गर्ने योजना बनाएको छ । कम्पनीले अहिले खर्च कटौतीको प्रयास गरिरहेको छ ।

विश्वमा यात्रा प्रतिबन्ध लागिरहेको कारण कम्पनीले घाटा व्यहोर्नुपरेको हो । कोरोनाभाइरस संक्रमणले महामारीको रुप लिएपछि विश्वको हवाइ उद्योग नराम्ररी प्रभावित बनेको छ । रोल्स रोयसले जेट इन्जिनहरु उत्पादन गर्छ । कम्पनीले महामारीले प्रभावित भएपछि विश्वभर रहेका ११ उत्पादन क्षेत्रलाई घटाएर ६ वटामा सीमित पार्नेछ । कम्पनीका ५० हजार कर्मचारी छन् । तीमध्ये झण्डै आधा बेलायतमै छन् ।

कम्पनीका इस्टले कम्पनीका ४५ सय कर्मचारीले काम छोडिसकेको बताए । रोल्स रोयसले आफ्नो स्पेनिस युनिट आईटीपी एरो र अन्य सम्पत्तिहरु बेचेर २ अर्ब पाउन्ड उठाउन चाहिरहेको उनको भनाइ छ । हवाइ क्षेत्रमा अनिश्चितता छाएकोले विकल्पहरु सोचेर कम्पनी सुदृढीकरण गरिने रोल्स रोयसले जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x