Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारहरेक वर्ष एप्पललाई २० अर्ब डलर किन दिन्छ गुगल ?

हरेक वर्ष एप्पललाई २० अर्ब डलर किन दिन्छ गुगल ?


अमेरिका । पछिल्लो समय स्मार्टफोन निर्माता सामसङले आफ्ना फोनबाट डिफल्ट सर्च इन्जिनको रुपमा गुगललाई हटाउने समाचार आएका छन् । न्युयोर्क टाइम्समा यो रिपोर्ट छापिएपछि गुगललाई ठूलो झट्का लागेको छ ।

योसँगै गुगलको मातृकम्पनी अल्फाबेटको ५७ अर्ब डलर डुबेको थियो । गुगलको सेयर समेत एकैपटक चार प्रतिशतसम्मले घटेको थियो । मोबाइल फोनमा डिफल्ट सर्चमा आउनु गुगलको लागि कति महत्वपूर्ण छ, अन्दाज गर्न सकिन्छ । यसको लागि कम्पनी आफूविरोधी कम्पनी एप्पललाई हरेक वर्ष २० अर्ब डलर भुक्तानी गरिरहेको छ ।

गुगल र एप्पल परस्पर प्रतिद्वन्द्वी कम्पनीहरु हुन् । प्रतिस्पर्धी हुँदाहुँदै पनि हरेक वर्ष गुगलले एप्पललाई १.६३ लाख करोड (२० अर्ब डलर) दिँदै आएको छ । यसको पछाडिको कारण पनि महत्वपूर्ण छ । गुगल र एप्पलको बीच त्यस्तो सहमति छ, जसको कारण हरेक वर्ष गुगलले मोबाइल निर्माता एप्पललाई २० अर्ब डलर भुक्तानी गर्छ । लाग्न सक्छ, यति धेरै रकम एप्पललाई किन दिइरहेको छ ? यदि ग्राहकले गुगलका फोन या डिभाइस प्रयोग गर्छन् भने कुनै पनि सर्च गर्न वेब ब्राउजरमा जानुपर्छ । त्यसमा ब्राउजर गुगलकै हुन्छ । एप्पल फोन र डिभाइसमा डिफल्ट सर्च इन्जिनको रुपमा गुगलले यसकै लागि उक्त पैसा तिर्ने गरेको छ । यसले गुगललाई के फाइदा भयो त भनेर पनि सोचिन सक्छ । डिफल्ट सर्चमा गुगल रहँदा उसलाई राम्रो आम्दानी हात पर्छ । गुगलको कमाइको ठूलो हिस्सा नै सर्च इन्जिनबाट आउने गर्छ । डिफल्ट सर्च इन्जिन रहँदा गुगलले विज्ञापनहरुबाट ठूलो आम्दानी गर्ने गरेको छ ।

सामसङबाट मिल्नसक्छ झट्का
न्युयोर्क टाइम्सको खबरअनुसार सामसङले आफ्ना स्मार्टफोनबाट डिफल्ट सर्च इन्जिनमा गुगललाई हटाएर माइक्रोसफ्टको बिंग एआईलाई दिन सक्नेछ । उसले आफ्ना प्रयोगकर्तालाई महत्वपूर्ण अनुभव दिन चाहेको छ । माइक्रोसफ्ट बिंगसँग एआई फिचरहरु गुगलभन्दा राम्रा छन् । यस्तोमा यदि गुगल र सामसङबीच कुरा मिलेन भने सर्च इन्जिनलाई अप्ठ्यारो पर्न सक्छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया