अमेरिकाको फर्स्ट रिपब्लिक बैंकको अधिकांश सम्पत्ति जेपीमोर्गानले लियो
न्युयोर्क । जेपीमोर्गान चेसले फर्स्ट रिपब्लिक बैंकको अधिकांश सम्पत्ति खरिद गर्ने भएको छ । अमेरिकाकै दोस्रो ठूलो बैंक पहिलोपटक असफल भएपछि सोमबार दुई बैंकबीच सम्झौता भएको हो । यसअनुसार फस्र्ट रिपब्लिकका ग्राहकको बचत सुरक्षित बनाइएको छ ।
जेपीमोर्गान चेसले उक्त बैंकको अधिकांशजसो सम्पत्ति आफूले प्राप्ति गरेको जनाएको छ । जेपीमोर्गानका प्रमुख कार्यकारी अधिकृत ज्यामी डायमनले सरकारले आग्रह गरेअनुसार नै यस्तो सम्झौता गरिएको बताए । उनले सम्झौतालाई राम्रो भन्दै सेयरसदस्यहरुलाई आम्दानी भइरहने उल्लेख गरे ।
सम्झौताअनुसार फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले फर्स्ट रिपब्लिकमा रहेको परिवारको धितो र व्यावसायिक ऋण अर्को पाँचदेखि सात वर्षसम्मका लागि ८० प्रतिशतसम्म व्यहोर्नेछ । त्यस्तै जेपीमोर्गानले फर्स्ट रिपब्लिकको व्यावसायिक ऋणको वहन गर्नेछैन भने सम्झौता पूरा गर्न एफडीआईसीबाट ५० अर्ब डलर लगानी प्राप्त गर्नेछ ।
त्यस्तै जेपीमोर्गानले एफडीआईसीलाई १०.६ अर्ब डलर भुक्तानी गर्नेछ भने अन्य बैंकहरुले फर्स्ट रिपब्लिकमा मार्चमा राखेको २५ अर्ब डलरको कोष फिर्ता गर्नेछ । यसबाहेक ५ अर्ब डलरको फर्स्ट रिपब्लिकसँगको डिपोजिट हटाउनेछ । सम्झौताबाट जेपीमोर्गानले २.६ अर्ब डलर पाउनेछ भने सोमध्ये दुई अर्ब डलर बैंकको पुनर्संरचनामा सन् २०२४ को अन्त्यसम्म खर्च गर्ने योजना बनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
- ट्विटरको ट्रस्ट एन्ड सेफ्टी प्रमुखले दिइन् राजीनामा
- राष्ट्रियसभामा शोक प्रस्ताव पारित
- विभिन्न देशका लागि राष्ट्रपतिद्वारा राजदूत नियुक्त
- राष्ट्र विरोधी अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्छ : महेश बर्तौला
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया