Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकी चिप्सका लागि ब्रोडकमसँग एप्पलको सम्झौता

अमेरिकी चिप्सका लागि ब्रोडकमसँग एप्पलको सम्झौता


एप्पलले मंगलबार अमेरिकी चिप निर्माता कम्पनी ब्रोडकमसँग अमेरिकामा बनेका चिपहरु प्रयोग गर्ने सम्बन्धमा अर्बौँ डलरको सम्झौता गरेको छ । यो सम्झौता बहुवर्षीय रहेको छ ।

सम्झौताअनुसार ब्रोडकमले फाइभ जी रेडियो फ्रिक्वेन्सी कम्पोनेन्टहरु विकास गरी एप्पलका लागि चिप उत्पादन गर्नेछ । चिप उत्पादन गर्ने यो कम्पनी एप्पललाई ताररहित कम्पोनेन्टहरु आपूर्ति गर्ने प्रमुख कम्पनी हो । यो सम्झौतापछि प्रिमार्केट ट्रेन्डिङमा ब्रोडकमको सेयर चार दशमलव तीन प्रतिशतले बढेको थियो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया